काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी फागुन १५ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । 

काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । 

फागुन १५ देखि निश्कासन हुने आइपीओका लागि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा २९ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । तर, धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको बाँडफाँडमा प्रति आवेदक १० कित्ता अनिवार्य गरेपछि हौसिएर धेरै आवेदन गर्नु आवश्यक छैन ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको हालको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँको उचाईमा पुुगेको छ ।