काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशनबमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडको सहकार्यमा देवः विकास बैंकले पनि फागुन १ गतेदेखि सीआस्वा सेवा संचालनमा ल्याउने भएको छ । 

बैंकले सोमबार जारी गरेको विज्ञप्तिअनुसार आफ्ना ४९ वटै शाखा तथा सेवा केन्द्रका ग्राहकले यो सेवामार्पmत सहज रुपमा धितोपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । 

यस सेवाअन्तर्गत लगानीकर्ताहरुले आवेदन गर्दा आप्mनो खाता रहेको शाखा वा नजिकैको यो बैंकको शाखा कार्यालयबाट सिआरएन अनिवार्य रुपमा लिनुपर्नेछ । सो नम्बर पाएपछि ग्राहक आपैmले अनलाइनमार्पmत आवेदन दिनसक्ने छन् । अनलाइनमार्पmत आवेदन दिन नसक्ने ग्राहकले यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई सीआस्वा फारम भरी यस प्रणाली मार्पmत आवेदन गर्नसक्ने व्यवस्था समेत गरिएको बैंकले प्रष्ट्याएको छ । 

बैंकले आफ्ना सबै ग्राहकहरुलाई नजिकैको शाखा कार्यालयमा सम्पर्क राखी सिआरएन नम्बर लिन समेत अनुरोध गरेको छ ।