काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी फागुन २४ गतेदेखि ७० प्रतिशत(१० कित्ता सेयर बराबर ७ कित्ता) हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका २ लाख ८० हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाउने भएको हो । 

इच्छुक सेयरधनीले चैत २८ गतेभित्र तोकिएमा स्थानमा गई आवेदन दिनुपर्नेछ । 

यो माइक्रोफाइनान्स कम्पनीको हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड रुपैयाँ रहेको छ । हकप्रदको बिक्रीपछि ६ करोड ८० लाख पुुग्नेछ । 

इच्छुक सेयरधनीले बिक्री प्रबन्धकको मुख्य कार्यालय, सूर्योदय लघुवित्तका सबै शाखा कार्यालय र आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।