काठमाण्डौ । नेपालका लागि फियाट्को आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल प्रा.लि.ले बुधबार आफ्नो नयाँ स्किम–‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउनेछ ।

अब बेस्ट–इन–क्लास युरोपियन ह्याचब्याक पुण्टो प्युअरका खरिदकर्ताले विशेष नगद छुट, एक वर्षका लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउनुहुनेछ । पुन्टो प्युअर यसै वर्ष नाडा अटो शोमार्फत नेपालमा ल्याइएको थियो । त्यसयता, यो युरोपेली कारले कार पारखीहरुको मन जित्न सफल भइरहेको छ । 

पुन्टो प्युअर १२ सय सीसीको इन्ट्रिलेभर कार हो । युरोपियन विल्ड, फोर सिलिन्डर, स्पेसियस इन्टेरियर र क्लास लिडिङ ग्राउन्ड क्लेरेन्स यसका विशेषताहरु हुन् । पुन्टो प्युअर एक्जोटिक रेड, हिपहप ब्ल्याक र सेतो रंगमा उपलब्ध छ । 

दुई सय ८० लिटर बुट भएको पुन्टो प्युअरको ग्राउन्ड क्लेरेन्स एक सय ९५ सीसी रहेको छ जसले गर्दा खराब सडकमा पनि आरामदायी यात्राको अनुभव दिलाउँछ । यसमा फायर प्रिभेन्सन सिस्टम समेत रहेको छ । यो प्रविधिले दुर्घटना हुँदा इन्धनको आपूूर्ति काटेर आगलागी हुनेबाट रोक्छ । पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ । 

फियाट् इटालियन ब्रान्डको गाडी हो, जुन संसारभरि लोकप्रिय छ । यो ब्रान्डका गाडी ६६ देश र सबै महादेशमा उपलब्ध छन् । नेपालीमा लाइफ अटोमोबाइलले पुन्टो प्युअरबाहेक एभेन्च्युरा, पुन्टो इभो, अबार्थ पुन्टो र एभेन्च्युरा पावर्ड बाई अबार्थ विक्री गर्दै आएको छ ।