काठमाण्डौ । जापानको बहुुर्राष्ट्रिय प्राविधिक कम्पनी फुजित्सुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न लगाउने योजना बनाएको जनाएको छ । 

कम्पनीले जापानमा काम गर्ने आफ्ना ८० हजार कर्मचारीलाई “वर्क लाइफ सिफ्ट” कार्यक्रममार्फत यस्तो सहजता प्रदान गर्न लागेको हो । 
यो कार्यक्रमअन्तर्गत कर्मचारीहरुलाई आफ्नो समयानुुकुुल अनुुसार र घरबाटै काम गर्ने वातावरण सिर्जना हुुनेछ । यो घोषणा गत मे महिनामा सामाजिक सञ्जाल टिव्टरले गरेको घोषणा जस्तै हो । 

“हामी काम गर्ने नयाँ तौरतरिका अपनाइरहेका छौ र यसले कर्मचारीहलाई अझै परिष्कृत, उत्पादनशील र अनुुभवी बनाउने कुुरामा विश्वस्त छौं । यसका साथै हाम्रो यो कदमले कर्मचारीलाई उनीहरुको सिर्जनशिलता उजागर गर्न र समाज र ग्राहकहरुलाई नयाँ योगदान प्रदान गर्न सहयोग पुुर्याउनेछ ।''-कम्पनीले बीबीसीलाई पठाएको बक्तव्यमा उल्लेख गरेको छ । 

कम्पनीले यो कार्यक्रममार्फत कर्मचारीहरुलाई घरबाटै काम गर्ने वा त कर्पाेरेट हबबाट काम गर्ने या त सेटेलाइट अफिस, जताबाट पनि काम गर्ने स्वतन्त्रता प्रदान गरिने जनाएको छ । 

कम्पनीले कर्मचारीलाई प्रदान गरेको आत्मनिर्णयको यो स्वतन्त्रताले उनीहरुको कार्यक्षमता, दक्षता र उत्पादकत्व वृद्धि गर्ने विश्वास लिइएको छ । 
कोरोना महामारीको प्रभावका कारण यसअघि अन्य कम्पनीहरुले पनि घरबाटै काम गर्ने योजना ल्याइसकेका छन् । 

मे महिनामा ट्विटरले कर्मचारीहरुले चाहे सदाका लागि घरबाटै काम गर्नसक्ने जनाएको थियो । त्यस्तै गुुगल र फेसबुुकले पनि आफ्ना कर्मचारीहरुले यो वर्षको अन्तसम्म घरबाटै काम गर्न सक्ने जनाएको थियो ।    

-एजेन्सी