काठमाण्डौ । कच्चा तेलको उत्पादन र निर्यात गर्ने देशहरुको संगठन(ओपेक)ले तेलको आपूर्ति कटौति गर्ने सहमति र मूल्ययुद्धलाई अन्त गर्ने आशाका साथ सोमबार रुस र अन्य तेल उत्पादक देशहरुसँग बैठक बस्ने भएको छ । 

साउदी अरेबियाद्वारा डाकिएको बैठक भिडियो कन्फेरेन्स मार्फत गरिनेछ । यस बैठकमा ओपेक र यस गठबन्धन बाहिरका तेल उत्पादकहरु जस्तै रुस र अन्य केही देशहरु समावेश हुुने छन् । यसको जानकारी सिएएनलाई ओपेक सचिवालयका दुुई वरिष्ठ स्रोतले दिएका समाचारमा उल्लेख छ । 

तर, बैठकमा सहभागी हुने आमन्त्रितको टुुंगो भइनसकेको उनीहरुले बताए । रिपोर्टका अनुुसार बैठकमा अमेरिका, बेलायत, क्यानडा र मेक्सिकोलाई आमन्त्रण गर्न सकिनेछ । 

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्पादनमा व्यापक कटौति हुुने बाटोतर्फ अग्रसर रहेको सुुझाव दिएपछि र साउदी अरेबिया तेल बजारमा सन्तुुलन ल्याउन तत्कालै प्रयास गरिनुुपर्ने बताएपछि यो बैठक आयोजना हुुन लागेको हो । 

गत बुुधबार ट्रम्पले साउदी अरेबिया र रुसले प्रतिदिन १० देखि १५ मिलियन ब्यारेलले तेल उत्पादन घटाउने आशा व्यक्त गरेपछि अमेरिकामा एकैदिनमा तेलको मूल्यमा २५ प्रतिशतको गिरावट आएर रेकर्ड कायम भएको थियो । 

पछिल्लो एकमहिनादेखि भइरहेको भारि गिरावटमा सुुधार हुँदै शुुक्रबार मूल्य बढेको थियो । विश्वको बेञ्चमार्क ब्रेन्ट क्रूड फ्युचर्सले ९ प्रतिशत बढी अर्थात ३२.७७ अमेरीकी डलर प्रति ब्यारेलमा कारोबार गरिरहेका छन् । ओपेक प्लस गठबन्धन फुुटेपछि र कोरोना महामारीले गर्दा कच्चा तेलको मूल्य  घटेर बजारमा पहिरो गएदेखि मार्च महिनाको सुरुवातदेखि साउदी अरेबियामा र रुस मूल्य युुद्धमा रहेका छन् । 

कच्चा तेलको मूल्य १८ वर्षकै न्युुन विन्दुमा पुुगेको थियो । जसले गर्दा अमेरीकी तेल कम्पनी र इनर्जी स्टकलाई नराम्ररी प्रभावित पारेको थियो ।