काठमाण्डौ । बैंक तथा बिमा कम्पनीहरुको सेवा बिस्तारसँगै ती क्षेत्रमा जागिरका नयाँ अवसरहरु पनि दिनहुँजसो खुलिरहेका छन् । यही क्रममा बुधबार समेत केही ठूला बैंक र बिमा कम्पनी तथा केही साना बित्तीय संस्थाले समेत विभिन्न पदका लागि जागिरको अवसर खुलाइएको सूचनाहरु प्रकाशित गरेका छन् । 

‘बैंक अफ दि इयर’को प्रतिष्ठित उपाधि पाएको एनएमबी बैंकले विभिन्न ७ पदमा दर्जनौ कर्मचारी मागेको छ । 

बैंकले ब्राञ्च म्यानेजर, रिलेसनसीप म्यानेजर, विजिनेश डेभलपमेन्ट एक्जूकेटिभ, चार्टर्ड अकाउण्टेन्ट, लिगल अफिसर्स, म्यानेजमेन्ट टद्वेनी र जुनियर असिस्टेन्ट पदमा कर्मचारी मागेको हो । 

लिगल अफिसर, म्यानेजमेन्ट ट्रेनी र जुनियर असिस्टेन्टका लागि अनुभवको आवश्यकता पर्ने छैन । यी तीन पदमा फ्रेसले समेत आवेदन दिनसक्ने बताइएको छ । 

इच्छुकले आगामी अगस्ट ५ तारिख ५ बजेसम्ममा आवेदन तथा व्यक्तिगत विवरण बैंकलाई इमेल गरिसक्नुपर्नेछ । 

बैंकले कर्मचारी माग्दै प्रकाशन गरेको सूचना यस्तो छः

यसैबीच, जनता बैंक नेपाल लिमीटेडले आफ्नो सहायक कम्पनी जनता क्यापिटल लिमीटेडलाई बित्तीय बजारमा सशक्त मर्चेन्ट बैंकको रुपमा भित्र्याउने उद्देश्यले क्षमतावान सीइओका लागि समेत दरखास्त आह्वान गरेको छ । सम्बन्धित बिषयमा स्नातकोत्तर गरी ५ वर्षको अनुभव भएको व्यक्तिले यो पदका लागि आवेदन दिनसक्ने बताइएको छ । कम्पनीले प्रकाशित गरेको सूचना यस्तो छः

यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले एक कम्पनी सेक्रेटरी मागेको छ । उसले प्रकाशित गरेको विज्ञापन यस्तो छः

नेपाल बंगलादेश बैंक लिमीटेडले मानव संसाधन विभागमा काम गर्ने गरी असिस्टेन्ट म्यानेजर वा सिनियर एक्जूकेटिभ अफिसर तथा डिजिटल बैंकिङ डिपार्टमेन्ट हेडको गरी २ पदमा कर्मचारी मागेको छ । बैंकको सूचना यस्तो छ:

ग्लोबल आइएमई बैंकले असिस्टेन्ट वा डेपुटी म्यानेजरको रुपमा काम गर्ने गरी एकजना जनशक्ति माग गर्दै सूचना प्रकाशित गरेको छ । सूचना यस्तो छः