काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बढिरहेको कच्चा तेलको मूल्यको दवाब घरेलुु बजारमा समेत देखिएको छ । विगत २ महिनादेखि हरेक १५ दिनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि गरिरहेको छ । 

बुधाबार रातिदेखि समेत लागू हुने गरी निगमले पुनः पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। 

निगमले पेट्रोलमा एक रुपैयाँ, डिजल र मट्टितेलमा दुई रुपैयाँको दरले मूल्य बढाएको हो । नयाँ मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ कायम भएको छ।

हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी आयल निगमलाई पठाउने गरेको छ । यही क्रममा जनवरी १५ मा आइओसीबाट आएको नयाँ मूल्यका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको आयल निगमको प्रष्टीकरण छ ।