काठमाण्डौ । बजारमा फेरि इन्साइडर ट्रेडिङको धन्दा मौलाएको छ । 

इन्साइडर ट्रेडिङको ठूला धन्दाहरुमा अहिलेसम्म कुनै छानबिन अगाडि नबढाइए पनि साना कम्पनीको यस्तो धन्दा नियन्त्रणमा धितोपत्र बोर्डले आफूलाई सक्रिय बनाएको छ । 

आइतबार यो कम्पनीको मूल्य प्रति कित्ता २९ सय ९ र सोमबार अझ बढेर ३ हजार १ सय ९९ रुपैयाँको उचाईमा पुुगेको थियो । 

यो क्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडको मूल्य संवेदनशील सूचना चुहाएर एकाएक बढाइएको भन्दै उजुुरी प्राप्त भएको भन्दै बोर्डले कारोबार स्थगित गरेको छ । ''सो सम्बन्धी अनुुुुसन्धान कार्य अगाडि बढाउने क्रममा अर्को व्यवस्था नहुँदासम्मको लागि उक्त कम्पनीको धितोपत्र कारोबार स्थगन गर्न पत्रचार गरिएको छ ।''-बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विगत केही समयदेखि यो कम्पनीको मूल्य एकाएक बढिरहेको थियो । इन्साइडर ट्रेडिङकै कारण धेरैले हतारिएर यो कम्पनीको सेयर खरीद गरेका थिए, तर पछि पछुताउनु परेको थियो । पीडित कयौं लगानीकर्ताले बोर्डमा उजुुरी गरेपछि एभरेष्ट इन्स्योरेन्सको नाममा भएको इन्साइडर ट्रेडिङको धन्दा छानबिन गर्न तत्कालका लागि सो कम्पनीको कारोबार रोक्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइएको बोर्डको भनाई छ । 

यो इन्स्योरेन्स कम्पनीले केही दिनअघि एक सूचनामार्फत पाँच वटा आर्थिक वर्षको साधारण सभा बोलाएको थियो र त्यसको मुख्य एजेण्डाको रुपमा २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रदको प्र्रस्ताव रहेका थिए । कम्पनीबाट ती सूचना आधिकारिक रुपमा सार्वजनिक हुनुुअघि नै चुहिएको र त्यसले एभरेष्ट इन्स्योरेन्सको मूल्यलाई निकै माथि पुर्याएको बोर्डको दाबी छ । साधारण सभाको आधिकारिक प्रस्ताव सार्वजनिक हुनुुअघि नै यो कम्पनीको मूल्य २४ सयको हाराहारीबाट २६ सयको उचाईमा पुगिसकेको थियो । गत शुक्रबार साधारणसभाको प्रस्तावहरु आधिकारिक रुपमा सार्वजनिक भएपछि यो कम्पनीको सेयर मूल्यमा सर्किट नै लागेको थियो । आइतबार यो कम्पनीको मूल्य प्रति कित्ता २९ सय ९ र सोमबार अझ बढेर ३ हजार १ सय ९९ रुपैयाँको उचाईमा पुुगेको थियो । बोर्डले एभरेष्ट इन्स्योरेन्सले सूचना चुहाएर इन्साइडर टेडिंग गरेको भन्दै सेयर कारोबार रोक्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेलगत्तै उसको कारोबार रोकिएको थियो । 

विगत केही समयदेखि यो कम्पनीको मूल्य एकाएक बढिरहेको थियो । इन्साइडर ट्रेडिङकै कारण धेरैले हतारिएर यो कम्पनीको सेयर खरीद गरेका थिए, तर पछि पछुताउनु परेको थियो । पीडित कयौं लगानीकर्ताले बोर्डमा उजुुरी गरेपछि एभरेष्ट इन्स्योरेन्सको नाममा भएको इन्साइडर ट्रेडिङको धन्दा छानबिन गर्न तत्कालका लागि सो कम्पनीको कारोबार नै स्थगित गरिएको बोर्डले प्रष्ट्याएको छ । 

यसैगरी, बोर्डले नेशनल हाइड्रो पावर कम्पनी लिमीटेडको कारोबार समेत रोकेको छ । यो कम्पनीको संचालक र कार्यकारी प्रमुख तथा कम्पनीका निर्णयहरुको आधिकारिता सम्वन्धमा विवाद रहेको भन्ने जानकारी हुन आएको तथा सो सम्वन्धी बोर्डमा विभिन्न गुनासो समेत प्राप्त भएको उल्लेख गर्दै बोर्डले भनेको छ–‘उक्त कम्पनीको पदाधिकारीको आधिकारिकता सम्वन्धमा विवाद रहेको अवस्थामा धितोपत्र कारोवार हुँदा लगानीकर्ताको हकहितमा प्रतिकूल प्रभाव समेत पर्नसक्ने देखिएकोले हाल उक्त कम्पनीको पनि धितोपत्र कारोवार आजैदेखि स्थगन गर्न निर्देशन दिइएको छ ।’-बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।