काठमाण्डौ । फेसबुकमा हिजोआज एक नयाँ सुरक्षा जोखिम निकै चर्चामा छ । तीव्र गतिमा फैलिरहेको एक फेसबुक फिचर्सको माध्यमबाट मानिसहरुसँग केही प्रश्न सोधेर उनीहरुका गोप्य जानकारी चोरी हुने काम भइरहेको छ ।

मिडिया रिपोर्टहरुका अनुसार यो एक खेलको शैलीमा भइरहेको छ । यसमा तपाईले ती १० कन्सर्टहरुको नाम फेसबुकमा हाल्नुपर्ने हुन्छ, जहाँ तपाई सहभागी भइसकेको हुनुहुन्छ । यसमध्येबाट एउटा जवाफ गलत हुनेछ । तपाईका साथीहरुले यो अनुमान गर्नुपर्ने हुन्छ कि तपाईले भरेका कन्सर्टका नाममध्ये पहिलो कन्सर्ट कुन थियो । निकै रमाइलो लाग्ने यही खेल फेसबुकको अकाउण्टमा निकै ठूलो सुरक्षा चुनौति बनिदिएको बताइएको छ । किनभने पहिलो कन्सर्ट जहाँ तपाईले सहभागी हुनुभएको थियो, त्यो नै एक निकै ठूलो र चर्चित सेक्युरिटीसँग जोडिएको प्रश्न हो । जब तपाई यो प्रश्नको जवाफमा क्लिक गर्नुहुन्छ, तपाईको अकाउण्ट ह्याक हुनेछ । यसकारण जब जब यस्तो प्रश्न तपाईको वालमा आयो भने त्यसको जवाफ नदिनुहोला ।

रिसर्च एनलिस्टहरुले फेसबुकको यो फिचर्सबाट सतर्क रहन सल्लाह दिएका छन् । साथै, जो जो व्यक्ति यो गेमको हिस्सा भएका छन्, उनीहरुले कि त यो पूरा फिचरलाई नै डिलिट गर्नुपर्नेहुन्छ वा आफ्नो पोस्टहरुलाई प्राइभेट गर्नुपर्ने हुन्छ । एकपटक यो गेमको हिस्सा बन्नुभयो भने चाहि ह्याकरहरुले निकै सहज ढंगले तपाईको फेसबुक अकाउण्ट ह्याक गरी त्यसलाई दुरुपयोग गरिदिनेछन् ।