काठमाण्डौ । दिग्गज सोसल मिडिया कम्पनी फेसबुकले कोरोना संकटका कारण प्रभावित विश्वभरका साना कारोबारीहरुका लागि अनुदान कार्यक्रम सार्वजनिक गरेको छ।

कम्पनीले त्यस्ता साना कारोबारीहरुका लागि १० करोड डलरको अनुदान कार्यक्रम सार्वजनिक गरेको हो। यो अनुदान कार्यक्रम ३० भन्दा बढी देशहरुमा चलाइने र त्यसबाट करिब ३० हजार कारोबारीहरुलाई सहयोग गरिने कम्पनीले जनाएको छ। कम्पनीले भनेको छ, ‘हामीलाई थाहा छ, यो कोरोना संकटबाट साना कारोबारीहरु निकै प्रभावित भएका छन्। त्यसैले हामी यो प्रतिबद्धता गर्न चाहन्छौँ कि ३० भन्दा बढी देशका ३० हजार त्यस्ता योग्य साना कारोबारीहरुलाई मद्दत गर्न हामीले यो १० करोड डलरको अनुदान कार्यक्रम गरेका हौँ।’

फेसबुकका अनुसार अनुदान पाउनका लागि आवेदन खुलिसकेको बताइएको छ। 

फेसबुकले यो अनुदान कार्यक्रमबाट लाभान्वित हुनका लागि केही सर्तहरु अघि सारेको छ। जो साना कारोबारीहरु कोरोना संकटबाट निकै प्रभावित भए उनीहरुले यो अनुदानका लागि योग्य हुने जनाएको छ। अनुदान पाउन त्यस्ता कारोबारीहरुसँग सन् २०२० को जनवरी १ सम्म २ देखि ५० सम्म कर्मचारी रहेको हुनुपर्ने, एक वर्षभन्दा बढी समयदेखि कारोबारमा संलग्न भएको हुनुपर्ने र लाभ कमाउने उद्देश्य स्थापित भएका कारोबारीहरु हुनुपर्ने बताइएको छ। 

फेसबुकका अनुसार जो कारोबारीले अनुदान प्राप्त गर्नेछ, उसले नगद १ लाख रुपैयाँ बढी पाउनेछ। साथै उसले ६० हजार रुपैयाँ बढीको वैकल्पिक फेसबुक विज्ञापन क्रेडिका रुपमा पाउनेछ। यो धनराशि कारोबारको यो चुनौतीपूर्ण समयमा निकै मद्दतगार हुनेछ। फेसबुकले यो धनराशिले कारोबारीले भाडा वा अन्य खर्चमा परिचालन गर्न मुद्दत पुग्ने जनाएको छ। 

फेसबुकका अनुसार यो अनुदान कार्यक्रममा आवेदन दिन दुई किसिमको कागजपत्र आवश्यक पर्छ। एउटा कारोबार सजिस्ट्रेसन सर्टिफिकेट र अर्को व्यापारिक प्यान नम्बर। – एजेन्सी