काठमाण्डौ । सोसल मिडिया कम्पनी फेसबुकले सन् २०२० मा आफ्नो क्रिप्टो करेन्सी लिब्रा विश्वभर लन्च गर्दैछ ।

लिब्रालाई ग्राहकमैत्री बनाउनका लागि फेसबुकले इजरायको स्टार्टअप कम्पनी सर्भिसफ्रेन्डसँग सम्झौता गरेको छ । यो स्टार्टअप कम्पनीले फेसबुकका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित बोट तयार गर्नेछ । यो कम्पनी विशेषगरी हाइब्रिड बोट आर्किटेक्चर बनाउनका लागि प्रख्यात छ । यो प्रविधिका माध्यमबाट ग्राहकलाई ब्रिाका बारेमा जागरुक गराइनुका साथै उनीहरुका समस्या निराकरण पनि गरिनेछ ।

फेसबुक क्रिप्टो करेन्सी लिब्राका साथै थुप्रै फाइनेन्सियल सर्भिस पनि बनाउन चाहन्छ । जसको मद्दतले ग्राहक लिब्राका माध्यमबाट लेनदेन गर्न सकून् । उदाहरणका लागि फेसबुक प्रयोगकर्ता अन्य प्रयोगकर्तालाई पैसा पठाउन सकून्, बिल भर्पाइ गर्न सकून्, मोबाइल वा फोन रिचार्ज गर्न सकून् वा भनौ अरु वस्तु किन्न सकून् ।

सर्भिसफ्रेन्डले संसारभरका थुप्रै ठूला ब्रान्ड आफ्नो सेवाहरु दिइरहेका छन् । ग्राहकलाई भरपर्दो र विश्वासिलो सेवा दिनका लागि सर्भिसफ्रेन्डले हाइब्रिड बोटका माध्यमबाट टेलिकम कम्पनी ग्लोब टेलिकमले आफ्ना कर्मचारीको प्रोडक्टिभिटी ३.५ गुनासम्म बढाई यसका साथ कम्पनीको हटलाइनमा आउनले कल्समा ५० प्रतिशतसम्म छुट दिएको छ ।

सर्भिसफ्रेन्डले बनाएको बोट फ्रन्टएन्डमा काम गर्छ । साथै यसले ग्राहकद्वारा सोधिएको प्रश्नहरुका सही र सटिक जबाब पनि दिन्छ । 

लिब्रा करेन्सीका लागि नयाँ डिजिटल वालेट, फेसबुक म्यासेन्जर, ह्वाट्सप एप र स्ट्यान्ड अलोन एपमा २०२० सम्म उपलब्ध हुनेछ । फेसबुकले लिब्रा करेन्सीलाई सुरु गर्नका लागि विश्वभरका २७ वटा संस्थाहरुसँथ हात मिलाइसकेको छ । –एजेन्सी