काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले नयाँ टुल लन्च गरेको छ । जसबाट फेसबुकमा राखिएको सबै फोटो सीधै गगुल फोटोजमा ट्रान्फर गर्न सकिन्छ ।

यो टुल हाल आयरल्यान्डमा मात्र लन्च गरिएको छ । तर सन् २०२० को सुरुआती ६ महिनाभित्रै यसलाई विश्वभर लन्च गर्ने योजनामा फेसबुक रहेको छ ।

यो टुल त्यस्ता गुगल फोटो युजर्सका लागि फाइदाजनक हुन सक्छ जसले आफ्नो मोबाइलमा रहेका फोटोहरु अटोमेटिकल्ली ब्याकअप गर्दैनन् । यो जानकारी फेसबुकले आफ्नो ब्लगष् पोस्टमार्फत गरेको हो ।

फेसबुकका अनुसार अहिलेलाई यो टुल केवल गुगल फोटोजका लागि सुरु गरिएको छ तर पछि यसमा अन्य सेवा पनि समावेश गरिनेछ । यसमा सबै डाटा ट्रान्सफर एनक्रिप्टेड हुनेछ र ट्रान्सफर सुरु गर्नुअघि पहिला युजर्ससँग पासवर्ड मागिनेछ ।

यो टुल सञ्चालनमा ल्याउने घोषणा गत वर्ष नै फेसबुकले गरेको थियो ।

फेसबुकले डाटा ट्रान्सफर प्राजेक्ट एप्पल, गुगल, माइक्रोसफ्ट र ट्विटरका साथ मिलेर युजर्सलाई आफ्नो डाटा अनलाइन सर्भिसेजका बीच ट्रान्सफर गर्न सामान्य तरिका उपलब्ध गराउनेछ । यी डाटा पोर्टेबिलिटीलाई पनि सपोर्ट गर्नेछ ।

फेसबुकको यो नयाँ टुल सेटिङको ‘योर फेसबुक इन्फोरमेसन’ मा समावेश गरिनेछ । त्यहीँ इन्फोरमेसन डाउनलोड गर्ने टुल भेटिनेछ । डाटा ट्रान्सफर प्रोजेक्ट एउटा खुला स्रोतको प्लेटफर्म हो । जसको मद्दतले अनलाइन सर्भिज प्रोभाइडर्स आफ्नो जरुरतको हिसाबले सबै डाटा ट्रान्सफर गर्न सक्छन् । – एजेन्सी