युएइ । युएइका नेपालीले  चलाएको सामाजिक सञ्जाल नेपाली इन युएइ फेशबुक ग्रुपको सक्रियतामा काठमाण्डौका सडकमा भेटिएका अनाथलाई सहयोग गरिएको छ । 

पेजको एड्मिन ग्रुपको आह्वानमा जाडोमा न्यानो अभियान चलाईएको थियो ।  सोही अभियान अन्तर्गत संकलित रकमबाट काठमाण्डौको जाडोमा कठ्याग्रिंएका बालबालिका, वृद्ध तथा अनाथलाई ५० थान ज्याकेट  र २६ थान  न्यानो टोपी हस्तान्तरण गरिएको अभियानका संयोजक महेश थापाले बिजशालालाई जानकारी दिए । 

ग्रुपले राजधानीका बिभिन्न स्थानः ठमेल, बसन्तपुर, रामघा, मखन, विष्णुमति, ज्याठा, भेदसिंह, वीर हस्पिटल आसपास लगायतका ठाउँका सडक बालबालिका तथा अनाथलाई भेटेर सहयोग गरेको थापाले जानकारी दिए । 

सामाजिक सञ्जाल फेसबुकमार्फत यूएईका करिब आधालाख नेपालीको चौतारीको रुपमा हरेको यो फेसबुक ग्रुपले आयोजना गरेको सहयोग संकलनमा युएइका सहयोगी मनहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

ग्रुपले सहयोगी महानुभाबलाई धन्यबाद दिनुका साथै आगामी दिनमा समेत यस्ता कार्यक्रम लिएर आउने बताएको छ । 

युएइका नेपालीको अग्रसरतामा भएको सहयोग बितरण गर्न  प्रदीप थापा, नबिन बञ्जारा, दिल निवास सेख, शैलेश भुजू, रमेश घिमिरे, बिएन सापकोटा, महेश बञ्जारा, दिल सुनार, सुवास सापकोटा लगायतले सहभागिता जनाएका थिए ।