काठमाण्डौ । विश्वमा अहिले फेस एपले तहल्का मच्चाइरहेको छ । यो एपको माध्यमबाट तपाइँ आफ्नो बूढापाको सम्भावित तस्बिर देख्न सक्नुहुन्छ। 

हिजोआज सोसल मिडियाहरुमा फेस एपबाट बनाइएका तस्बिरहरु अन्धाधुन्ध रुपमा पोस्ट भइरहेका छन् । यो एपले कुनै पनि व्यक्तिको वास्तविक तस्बिर कृत्रिम तरिकाले वृद्धावस्थाको तस्बिरमा परिवर्तन गरिदिन्छ । तर जसरी तपाइँलाई आफ्नो बूढापाको तस्बिरले जति रोमाञ्चक बनाइरहेको छ, त्यति नै यसबाट खतरा पनि रहेको छ । 

यो एउटा रुसी एप हो । जब तपाइँ आफ्नो बूढापाको अवस्था हेर्नलाई आफ्नो तस्बिर पठाउनुहुन्छ, त्यो सीधै फेस एपको सर्भरमा जान्छ । 

फेस एप युजर्सको तस्बिरहरु छानेर अपलोड गरिन्छ । यसमा बदलाव कृत्रिम इन्टेलिजेन्सका माध्यमबाट गरिन्छ । यसमा सर्भरको प्रयोग हुन्छ र एपका माध्यमबाट तपाइँको फोटो खिच्नुपर्छ । 

वास्तवमा तपाइँ यो एपमा तपाइँको तस्बिरमात्र होइन धेरै थोक दिइरहेको हुनुहुन्छ । तपाइँको फोटो निजी प्रयोजनका लागि प्रयोग भइरहेको लाग्छ तर ती फोटोहरु सार्वजनिक प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ । 

यो एपमार्फत तपाइँको फोनबाट सूचनाहरु चुहावट हुन सक्छ र पछि कुनै विज्ञापनमा प्रयोग पनि गर्न सकिन्छ । यो सम्भव छ कि यो एपमार्फत अहिले तपाइँको बानी र रुचि बुझ्ने कोसिस भइरहेको छ तर पछि विज्ञापनमा पनि प्रयोग गर्न सकिन्छ । त्यसले यो एप तपाईबाट जानकारी लिएर पछि विज्ञापन गर्ने हतियारका रुपमा पनि प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ ।

कतिपयले यो एपले तपाइँको फोनमार्फत सबै तस्बिरहरुमा पहुँच पुर्यायो कि भन्ने चिन्तामा पनि छन् ।  कतिपयले भने यो एप खोल्नेबित्तिकै इन्टरनेटमा सबै तस्बिर अपलोड हुन थालेको पनि दाबी गरिरहेका छन् । 

जब कि आईओएस र आईफोनमा यस्तो विकल्प दिइन्छ कि तपाइँ कुन तस्बिर ह्याडन्ओभर गर्ने र कुन नगर्ने । 

फेस एपका विषयमा अमेरिकी सिनेटमा पनि चिन्ता गर्न थालिएको छ। सिनेटमा अल्पसंख्यक नेता चक सुमरले यो फेस एपको जाँचबुझ गर्नुपर्ने माग गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यो निकै चिन्ताको विषय बनेको छ, अमेरिकी जनताको निजी डाटा विदेशीहरुमाझ पुगिरहेको छ ।’

यद्यपि यस्ता कुराहरुलाई फेस एपले इन्कार गरिदिएको छ । यो एप पिटर्सबर्गस्थित कम्पनी वायरलेस ल्याबको हो । कम्पनीले यो एप प्रयोग गर्नेहरुको तस्बिर स्थायी रुपमाले स्टोर नहुने जनाएको छ ।

त्यस्तै प्रयोगकर्ताहरुको निजी डाटामा कुनै हस्तक्षेप नहुने उसले स्पष्ट पारेको छ । कम्पनीले दाबी गरेको छ कि यो एप प्रयोगकर्ताहरुले जुन तस्बिर पठाउँछन्, त्यसैलाई एडिटिङ गर्ने गरिन्छ । 

कम्पनीका अनुसार अहिले विश्वभर यो एपको प्रयोगकर्ता ८ करोड छन् । 

सन् २०१७ मा पनि फेस एपका विषयमा निकै विवाद भएको थियो । यो एपको आलोचना सुरु हुनासाथै त्यतिखेर कम्पनीले माफी माग्दै यो फिचर बन्द गरेको थियो ।  – एजेन्सी