काठमाण्डौ । नेपालमै पहिलोपटक एक २० वर्षीय युवकको फोक्सोको ट्यूमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रिया नै उपचार गरिएको छ । 

माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो, जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । 

चिकित्सकका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ । 

यस उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तका अनुसार नेपालमा कहीँ–कहीँ यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरका लागि यो पहिलो सफलता हो । सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो । 

आइतबार सम्पन्न माइक्रोवेभ एबलेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रा. डा. रामकुुमार घिमिरे, सोही विभागका डा. ओम बिजु पन्त तथा एनेस्थिेसेलोजीष्ट डा. अपूर्व शर्मा सहभागी थिए । उपचार पश्चात विरामी सोमबार नै डिस्चार्ज गरिएको छ ।