काठमाण्डौ । सबै ब्याट्रीहरुको एक्सपाइरी डेट हुन्छ र स्मार्टफोनको ब्याट्रीमा पनि यही कुरा लागूू हुन्छ । तपाई आफ्नो स्मार्टफोन कसरी प्रयोग गर्नुहुन्छ, यसले समेत ब्याट्री कतिसम्म टिक्ने या नटिक्ने भन्ने कुरा निर्धारण गर्छ । यदि तपाई आफ्नो स्मार्टफोनको ब्याट्री लामो समयसम्म टिकोस् भन्ने चाहनुुहुन्छ भने केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । 

यी १० काम गर्नुभयो भने तपाईको स्मार्टफोनको ब्याट्रीको स्वास्थ्य चुस्त दुरुस्त हुनेछ :

१.सधैं आफ्नो चार्जर मात्र प्रयोग गर्ने
स्मार्टफोनलाई चार्ज त्यही चार्जरबाट मात्र गर्नुपर्छ, जुन चार्जर खरीदको समयमा फोनसँगै आएको हुन्छ । स्मार्टफोनमा एकैखालको चार्जिङ पोर्ट हुन्छ र हामीलाई लाग्छ मिल्ने खालको जुनसुकै चार्जरबाट पनि चार्ज गर्न सकिन्छ, तर यो गलत बानी हो । किनभने फरक चार्जरको पावर फरक हुन्छ, यसबाट ब्याट्रीको प्रदर्शन र क्षमतामाथि नै असर पर्छ । ब्याट्री चाँडै खराब हुने र फोन चार्ज गर्दा गर्दै आगो लाग्ने अक्सर समस्याहरु यस्तै कारणबाट भएका हुन्छन् । यदि ओरिजिनल चार्ज पाउनुुभएन भने तपाईले कुनै चार्जर प्रयोग गर्नुपर्दा त्यसको आउटपुट भोल्टेज(भी) र करेन्ट रेटिङ आफ्नो फोनको साथमा आएको चार्जरसँग मिल्छ कि मिल्दैन भन्ने कुरामा विचार गर्नुपर्छ । 

२.सस्तो चार्जर प्रयोग नगर्ने
कहिल्यै पनि आफ्नो स्मार्टफोन चार्ज गर्दा सस्तो चार्जर प्रयोग नगर्नुहोस्् । यस्ता चार्जरमा ओभर चार्जिङबाट बचाउनका लागि सुरक्षाको कुनै सिस्टम हुँदैन । यसबाट ब्याट्री र फोनलाई समेत क्षति पुुग्नसक्छ । 

३.फोन कभर हटाउने
संभव हुन्छ भने चार्ज गर्ने समयमा फोनको सुरक्षाका लागि लगाइएको कभर हटाइदिनुपर्छ । चार्ज गर्ने समयमा ब्याट्री केही तात्नुु स्वभाविक हो, तर कभर लगाइएको छ भने यसले बढी तात्ने काम हुन्छ । त्यसकारण चार्ज गर्ने समयमा फोन कि त कडा बस्तुमाथि राख्नुुहोस्, ताकि त्यसमा हिट स्थानान्तरण होस् । 

४.सधैं फास्ट चार्जर प्रयोग नगर्ने
सधैं फास्ट चार्जर प्रयोग गर्नु पनि ब्याट्रीको स्वास्थ्यका लागि राम्रो होइन । फास्ट चार्जिङमा फोनको ब्याट्रीमा धेरै भोल्टेज प्रवाह हुन्छ, यसले फोनको तापमान तुरुन्त बढी विस्फोट हुनसक्छ । यदि तपाईको स्मार्टफोनमा ब्याट्रीको सेटिङ्समा नर्मल चार्जिङ साइकलको अप्सन छ भने त्यसलाई चुुन्नुहोस् । या, तपाईले कम्पनीबाट बनाइएको रेगुलर चार्जर मात्र प्रयोग पनि गर्न सक्नुुहुन्छ । यदि चार्ज गर्ने क्रममा फोन एकदमै धेरै तात्यो भने पावर बटनलाई केही सेकेण्डका लागि दबाएर राख्नुुहोस्, ताकि फोन अफ होस् । जब फोन सेलाउँछ अनि मात्र अन गर्नुहोस् । 

५.रातभरि चार्जमा नछाड्ने
हुन त धेरै स्मार्टफोनमा अटो पावर कटको अप्सन हुन्छ । यसको अर्थ ब्याट्री फूल चार्ज भएपछि आपसेआफ अतिरिक्त चार्ज लिन बन्द गरिदिन्छ । तर पनि फोनलाई घण्टौसम्म वा रातभरि चार्जमा नछाड्नुुहोस् । 

६.थर्ड पार्टी ब्याट्री एप प्रयोग नगर्ने
थर्ड पार्टी ब्याट्री एप प्रयोग नगर्नुहोस् । किनभने यो लगातार ब्याकग्राउण्डमा रन भइरहन्छ र यसले ब्याट्रीमाथि नकारात्मक प्रभाव पुर्याउन सक्छ । यसले अन्य एप्सहरुलाई समेत तुरुन्तै बन्द गरिदिन्छ । कतिपय अवस्थामा यसले नचाहिने विज्ञापन समेत देखाइरहेको हुन्छ । यसले फोनको ब्याट्री बढी प्रयोग गरिरहेको हुन्छ । 

७.न्यूनतम ८० प्रतिशत चार्ज गर्नैपर्छ
जब तपाईले फोनलाई चार्जमा राख्नुुहुन्छ, तब कम्तीमा ८० प्रतिशत चार्ज गर्नैपर्ने बानी बसाल्नुुहोस् । ८० प्रतिशत भन्दा कम चार्ज नगरेकै जाति । फेरि यो पनि आवश्यक हुन्न कि सतप्रतिशत नै चार्ज गर्नैपर्छ भन्ने कुरा । यो प्रक्रियाबाट ब्याट्रीलाई लामो समयसम्म टिकाउ बनाउन सकिन्छ । 

८.बारम्बार चार्ज नगर्ने
ब्याट्रीलाई चार्ज गर्नुभन्दा अगाडि त्यसलाई २० प्रतिशतसम्म डिस्चार्ज हुन दिनुपर्छ । ६० वा ५० प्रतिशतसम्म चार्ज घट्ने बित्तिकै तपाईले बारम्बार चार्ज गर्ने गर्नुहुन्न । बिना मतलब पटक–पटक चार्ज गर्ने कामले ब्याट्रीको क्षमतामा क्षय हुनेछ । 

९.सधैं राम्रो पावर बैंक खरीद गर्नुहोस्
फोनको ब्याटीको ब्याकअपको रुपमा तपाईको साथमा राम्रो कम्पनीको पावर ब्याङ्क हुुनुुपर्छ । यो राम्रो कम्पनीको हुनुपर्छ, जसमा भोल्टेजमा कुनै परिवर्तन नहोस्, सर्ट सर्किट नहोस्, ओभर करेन्ट वा ओभर चार्जिङको समस्या पनि नहोस् । जुन पावर ब्यांकमा यस्तो फिचर हुन्छ, त्यो लामो समयसम्म चल्छ र यसले फोनलाई समेत राम्रो ढंगले चार्ज गर्छ । 

१०.चार्ज भइरहँदा मोवाइल प्रयोग नगर्ने
फोन डाइरेक्ट चार्जिङमा लगाइएको छ वा यसलाई पावर बैंकमा चार्ज गरिएको छ, यी दुवै अवस्थामा स्मार्टफोन प्रयोग गर्नबाट बच्नुुहोस् । किनभने चार्ज भइरहेको बेला फोन प्रयोग गरे यसको तापमान बढ्न जान्छ र जुनसुकै बेला अप्रिय घटना हुनसक्छ । त्यति मात्र होइन, यसले ब्याट्री र स्मार्टफोनको प्रदर्शन वा क्षमतामै पनि नकारात्मक असर पुर्याउँछ ।