काठमाण्डौ । दैनिक एक लाखभन्दा बढि कारोबार हुँदै आएको फोनपे लेविश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ । 

योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धि हासिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्धारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण,प्रक्रियातथा डाटाहरुको सुरक्षागर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई लाई रोक्दछ ।

टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी,नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चित गर्न विस्तृत अडिट हुन्छ । फोनपेले पनि क्यूूएसए एसआइएसएको पूर्ण अडिट पछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणीकरण प्राप्त गरेको जनाएको छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाखमोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।