काठमाण्डौ । नेपालका लागि फोर्ड गाडीका आधिकारीक बिक्रेता जिओ अटोमोवाइल्सले शुक्रबार एक समारोहका बीच विश्वविख्यात फोर्ड मुस्ताङ्गको अनावरण गरेको छ । 

गत वर्ष नाडा अटो शोमा फोर्ड मुस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्रयाएको हो । फोर्ड मुस्ताङ्ग विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली ईञ्जिनका लागि प्रख्यात छ । 

यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ । यस फोर्ड मुस्ताङ्ग ५.० लिटर, भी एट इञ्जिन जडान गरिएको छ जसले ४५० पिएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मुस्ताङ्ग हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । 

फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सज्जित यस फोर्ड मुस्ताङ्गमा भ्वाइस कमान्ड तथा स्टाइलिस एलइडी लाइट  रहेको छ । बजारमा आएको नयाँ मुस्ताङ्गले अझै राम्रो प्याकेज ल्याएको छ । एप्पल कार प्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम समेत राखिएको छ ।