काठमाण्डौ । फोर्ड मोटर कम्पनीले इलेक्ट्रिक कार मस्ताङ माच–ई सार्वजनिक गरेको छ ।

कम्पनीले यो कार दुईवटा ब्याट्री वेरियन्ट ७५ केडब्लूएच र ९८ केडब्लूएचमा सार्वजनिक गरेको हो । ७५ केडब्लूएच ब्याट्री समावेश मस्ताङ माच–ई कार सिंगल चार्जमा करिब ३७० किलोमिटरसम्म चलाउन सकिन्छ । यसको सुरुआत मूल्य भारु ३१.५ लाख रुपैयाँसम्म पर्न सक्ने बताइएको छ ।

त्यस्तै ९८ केडब्लूएच मस्ताङ माच–ई कार सिंगल चार्जमा ४८२ किलोमिटरसम्म कुदाउन सकिन्छ । यसको सुरुआती मूल्य भने भारु ४३.३ लाख रुपैयाँसम्म पर्न सक्ने बताइएको छ ।

यी दुवै कारको बुकिङ नोभेम्बर १७ देखि खुला गरिनेछ । यो कार भारु ३५ हजार रुपैयाँ दिएर बुक गन सकिन्छ । कारको डिलिभरी भने सन् २०२० को अन्त्यमा गरिने कम्पनीले जनाएको छ ।

दुवै कार पाँच सिटे हुनेछ । यसमा १५.५ इन्चको इन्फोटेनमेन्ट सिस्टम पाइनेछ।

कारमा ब्लुटुथको मद्दतले अपरेट गर्न सकिन्छ । कारमा ह्यान्ड्स फ्री ड्राभिङ अपेडट पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कारलाई १५० किलोवाट चार्जरले सपोर्ट गर्नेछ । – एजेन्सी