काठमाण्डौ । आफ्ना इलेक्ट्रिक कारको क्षमता प्रर्दशन गर्न कार निर्माता कम्पनी फोर्डले १४०० हर्सपावर भएको कारको रेसिङ भर्जन मुुस्ट्याङ माच–ई कर्सओभर सार्वजनिक गरेको छ । 
 
कम्पनीले आफ्ना सबै इलेक्ट्रिक गाडीहरुको सम्भावित पर्फमेन्स प्रदर्शन गर्नका लागि प्रोटोटाइप मुुस्ट्याङ माच –१४०० प्रयोग गर्ने योजना बनाएको छ । डिलरसिपमा कम्पनीको नयाँ कर्स ओभर यहि वर्ष आउदैछ । माच –ई –१४००, मुुस्ट्याङ माच–ई एसयुुभिमा आधारित छ । जसलाई कम्पनीले अर्काे वर्षदेखि बिक्री गर्नेछ । माच–ई जिटी एसयुुभिले दुुईवटा इलेक्ट्रिक मोटरबाट ४५९ हर्स पावर जेनेरेट गर्नेछन् । यो कारको स्पिड सडकको कानुुनको दायरा अनुुसार तय गरिएको छ । 
 
फोर्डले सन् २०२२ सम्म विश्वव्यापी रुपमा आफ्ना इलेक्ट्रिक कारहरुमा ११.५ बिलियन डलर लगानी गर्दैछ । यसमा मुुस्ट्याङ माच–ई पनि समावेश छ । मुुस्ट्याङ माच–ई १४०० मा प्रोडक्सन भेइकलको बढी प्रयोग गरिएको छ । तर यसका भागहरु ग्राहकलाई उपलब्ध गराइने कारहरु भन्दा भिन्न रहेको छ । 
 
इञ्जिनियरहरुले पर्फमेन्स बुुस्ट गर्नलाई कर्स ओभरको एरोडाइनामिक्स, च्यासिस र अन्य सिस्टमहरुलाई अप्टीमाइज गरेका छन् । कर्सओभरमा मुुस्ट्याङ माच–ई भन्दा पाँच वटा बढी अर्थात ७ वटा इलेक्ट्रीक मोटरहरु जडान गरिएका छन् । 
 
हलुुङ्गो बनाउनका लागि कर्सओभरको हुुड अर्गानिक कम्पोजिट फाइबरबाट निर्माण गरिएको छ । अन्य कारमा प्रयोग गरिने कार्बन फाइबरबाट बनेको हुुडको भने केही भारी हुुने गर्दछ । ग्राहकलाई बिक्री गरिने मुुस्ट्याङ माच–ई जिटीले ४५९ हर्सपावर र ६१९ पाउण्ड फुुट अफ टकर््युका साथमा चार सेकेण्डभित्र शुुन्य देखि ६० एमपिएचको रफ्तार हासिल गर्ने अनुुमान लगाइएको छ । 
 
अटो निर्माताहरुले पर्फमेन्स टेक्नोलोजीहरु परीक्षण र विकास गर्न नियमित रुपमा रेसिङ प्रोटोटाइप प्रयोग गर्ने गर्दछन् । फोर्डले पनि रेसिङ कारको सिकाई र इनोभेसनलाई मेन स्ट्रिमका कारहरुमा प्रयोग गर्न चाहेको जनाएको छ । मुुस्ट्याङ माच–ई १४०० ले नास्कर रेसमा चाँडै नै डेब्युु गर्ने अनुुमान लगाइएको छ ।
 
कर्सओभरलाई आरटिआर भेइकल संगको सहकार्यमा विकास गरिएको हो ।