काठमाण्डौ । विश्वभर सेप्टेम्बर महिनालाई फोर्ड ग्लोबल केयरिंग मन्थको रुपमा मनाइँदै आएको छ र यस वर्ष पनि १३ औं फोर्ड ग्लोवल केयरिङ मन्थ विश्वभर मनाइँदै छ । यसमा विश्वभर फोर्डमा काम गर्ने हजारौं कर्मचारी, भूतपुर्व कर्मचारी र सर्वसाधारण(जसलाई “फोर्ड स्वयँसेवक  कोप्र्स ” पनि भनिन्छ)को सहभागितामा विविध कार्यक्रम गरी मनाइन्छ। 

यही क्रममा नेपालमा पनि सेप्टेम्वर २८ र २९ का दिन राउण्ड टेबल नेपालको सहकार्यमा जि.ओ. फोर्ड नेपालका ३० जना स्वयंसेवकले नुवाकोटको ग्रामीण भेग, रातमाटेमा रहेको शिलादेवी स्कुलमा आधारभुत स्वास्थ्य सम्बन्धी जानकारीका साथै ९ वटा शौचालय बनाई हस्तान्तरण गरिएको छ । 

साथै, विद्यार्थीहरुलाई आधारभूत स्वास्थ्य शिक्षा सम्बन्धी जानकारी दिनेदेखि हात धुने तरिका बालबालिकाहरुका लागि कथा वाचन, स्वास्थ्य सम्बन्धी सरसामानहरुको हस्तान्तरण रहेको थियो । यसबाट ३५० विद्यार्थी र २०० भन्दा बढी परिवारमा प्रत्यक्ष असर पुग्ने छ ।  

शिला देवी स्कुल रातमाटेमा रहेका दुई स्कूलमध्ये एक हो,  जुन २०७२ सालको भूकम्पमा भत्किएको थियो । राउण्ड टेवल नेपालले उक्त स्कूल मर्मतसम्भार गरेको थियो र थप जरुरत रहेका शौचालयहरु फोर्ड नेपालको सहकार्यमा निर्माण तथा हस्तान्तरण गरिएको छ ।

फोर्ड मोटर कम्पनीले विश्वभर रचानात्मक सामाजिक कार्यहरुमा हात बढाउँदै आएको छ । र यस बर्ष ग्लोबल केयरिङ्ग मन्थअन्र्तगत सामाजिक अभियानका लागि फोर्ड मोटर कम्पनीले ७ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउनेछ ।

जि.ओ. फोर्र्डका म्यानेजिङ्ग डाइरेक्टर आकाश गोल्छाले फोर्डले आयोजना गरेको “फोर्ड ग्लोवल क्यरिङ मन्थ” कार्यक्रममा फोर्डका कर्मचारी र स्थानीय सहभागिता समेतको संलग्नतामा विभिन्न सामाजिक कार्य गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे ।

फोर्ड भोलिन्टियर्सहरुका लागि फोर्ड ग्लोबल केयरिङ्ग मन्थ एउटा बार्षिक उत्सवको रुपमा लिइन्छ । फोर्ड मोटर कम्पनीका अध्यक्ष जिम भेलाका अनुसार सेप्टेम्बर महिनाभर ६ महादेशमा छरिएर रहेका ३० हजार भन्दा बढी भोलिन्टियरले ६०० भन्दा बढी स्वयंसेवी आयोजनामा सक्रिय सहभागिता जनाएका छन् । यो स्वयँसेवी अभियान नेपालका अतिरिक्त एसिया प्यासिफिक क्षेत्रका भोलिन्टियरहरुले चीन, भारत, ताईवान, अष्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स लगायत फोर्डको विक्री क्षेत्रहरुका मुलुकहरुमा पनि विभिन्न आयोजनामा सक्रियता पूर्वक सहभागिता जनाउने छन् । २००५ देखि शुरु भएको फोर्ड भोलिन्टियर कोप्र्सको सदस्यहरुले ५० देशहरुमा  दश लाख घण्टा भन्दा बढी समय सामुदायिक सेवामा योगदान पु¥याएका छन् । जुन फोर्डले सामुदायिक सेवाका लागि ३० मिलियन  डलर भन्दा बढीको लगानी गरेको छ ।