काठमाण्डौ । फोर्स मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । 

यो अफरअन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जीप र ट्राभलर टिटु २६ सिट क्षमता भएको मिनीबसको खरीदमा २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज तथा ट्रयाक्स कार्गो किङ्ग पिकअपको खरिदमा १ तोला सुनको हार र नगद रु.२५,०००।– छुटको अफर ल्याएको  आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले बताए ।

बिगत ४ वर्षदेखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आइरहेको छ । 

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौ गैरीधारा, पोखराको बुद्धचोकमा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा विराटनगरको कञ्चनबारीमा के.आर.अटोमोबाइल, चितवनको भरतपुरमा रेयान मोटर्स, इटहरी र भक्तपुरमा जी.मोटर्स मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री  गरिरहेको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुव थापाले बताए ।