काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सातदोबाटो शाखाले जेठ २५ गते शुक्रबारका दिन ललितपुर जिल्लास्थित फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामाग्री वितरण गरेको छ । 

बैंकले दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुको आधारभुत आवश्यकता लगायत ती बालबालिकाहरुको  शिक्षा, स्वास्थ्य आदिको सम्बद्र्धनका लागि स्थापना गरिएको फ्रेश नेपालका विद्यार्थीहरुलाई  रु. ३०,०००। बराबरको  शैक्षिक तथा फर्निचर सामाग्री वितरण गरेको हो । 

शैक्षिक सत्र सुरु भए लगत्तै गुणस्तरीय शिक्षाको निमित्त शैक्षिक सामाग्री अति आवश्यक रहने कुरा मनन् गर्दै बैंकले सो सहयोग गरेको हो । 

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।