काठमाण्डौ । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफा ४७.२१ प्रतिशतले बढाएको छ । 

बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७१/७२ मा ८१ करोड ३९ लाख रुपैयाँमा सीमित खूद नाफा बढेर १ अर्ब १९ करोड पुगेको हो । 

बैंकको खूद ब्याज आम्दानी समेत १ अर्ब ९ करोडबाट बढेर १ अर्ब ४६ करोड पुगेको छ । 

बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने ३ अर्ब ५ करोड रुपैयाँको सञ्चित कोष छ । 

बैंकले ०७१/७२ मा ३३ अर्ब ८३ करोड रुपैयाँ रहेको निक्षेपलाई बढाएर ०७२/७३ मा ३९ अर्ब ८७ करोड पुर्याएको छ । यस्तै, २५ अर्ब ८२ करोड रुपैयाँ रहेको कर्जा लगानी बढाएर ३२ अर्ब ५२ करोड पुर्याइएको छ । 

बैंकले निस्क्रिय कर्जालाई समेत घटाएको छ । १.३३ प्रतिशत रहेको निस्क्रिय कर्जा दर घटेर ०.७१ प्रतिशतमा झरेको हो । 
बैंकको प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ ३९ र २ सय रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात(पीई रेसियो) २२ छ ।