काठमाण्डौ । तपाइँ राम्रो आम्दानी गर्नुहुन्छ । तर तपाइँलाई लाग्छ मेरो आम्दानीसँगै खर्च पनि धेरै छ, अनि कसरी गर्न सक्छु बचत ? यदि यस्तो हो भने पहिले त तपाइँ यो सोचबाट तपाइँ बाहिर निस्कन जरुरी छ । 

बचत गर्ने बानी तपाइँको आर्थिक सुरक्षासँगै एउटा ठूलो रकम तयार गर्न आवश्यक छ । बचत बिना तपाइँको जीवन आर्थिक संकटमा पर्न सक्छ । त्यसैले तलका उपायहरु अपनाएर तपाइँले सरल र सहज ढंगले बचत गर्ने बानी विकास गर्न सक्नुहुन्छ । 

अटोमेटिक तरिकाले बचत गर्नुहोस् 

संसारमा सबैभन्दा बढी लगानीकर्ता वारेन बफेटका भनाइअनुसार त्यो पैसा बचत नगर्नुहोस् जुन खर्चपछि बचेको हुन्छ, त्यो पैसा खर्च गर्नुहोस् जुन बचतपछि बचेको हुन्छ ।’

यदि तपाइँ महिनाको अन्त्यमा थोरै पैसा बचाउने कोसिस गरिरहनुभएको छ भने त्यो तपाइँले गलत गरिरहनुभएको छ । यसोका सट्टा तपाइँले महिनाको सुरुआतमै आफ्नो आम्दानीको १० प्रतिशत बचत गरेर त्यसलाई लगानी गर्ने कोसिस गर्नुहोस् । यसका लागि तपाइँ राम्रो ब्याजदरमा बैंकमै फिक्स डिपोजिट वा म्युचुअल फन्डमा जम्मा गर्न सक्नुहुन्छ । तपाइँ यो अनलाइनमार्फत पनि गर्न सक्नुहुन्छ । यसरी महिनाको पहिलो हप्तामै तपाइँको पैसा अटोमेटिक तरिकाले तपाइँको बचत खाताबाट निकालेर फिक्स डिपोजित वा म्युचुअल फन्ड अकाउन्टमा जम्मा हुन्छ । यसलाई विस्तारै बढाएर तपाइँले बढाएर २० प्रतिशतसम्म पुर्याउने कोसिस गर्नुहोस् । यसले तपाइँको आर्थिक वचत राम्रो हुनेछ । 

केही लक्ष्य निर्धारण गर्नुहोस् 

यदि तपाइँसँग कुनै आर्थिक लक्ष्य वा प्राथमिकता छैन भने तपाइँको सबै आम्दानी खर्च हुन्छ । त्यसैले तपाइँको आम्दानी बेकार र गैरआवश्यक चिजमा खर्च हुनबाट बचाउनका लागि तपाइँले आफ्नो प्राथमिकताका आधारमा केही आर्थिक लक्ष्य निर्धारण गर्ने कोसिस गर्नुपर्छ । हुन सक्छ तपाइँले केही त्यस्ता सपना देख्नुभएको छ, जस्तै घर किन्ने, बालबच्चालाई राम्रो शिक्षा दिने र आरामदायी रिटायरमेन्ट । त्यसैले तपाइँले आफ्नो यस्ता सपनालाई लक्ष्य बनाउनुहोस् र त्यसका लागि कति पैसा आवश्यक पर्छ, त्यसको लेखाजोखा गर्नुहोस् । अनि त्यो लक्ष्य पूरा गर्न तपाइँलाई हरेक महिना कति पैसा जम्मा गर्नुपर्छ र त्यसलाई कुन ठाउँमा लगानी गर्दा उच्चतम प्रतिफल आउँछ, त्यतातिर ध्यान दिनुहोस् । यसरी तपाइँको बचत गर्ने बानी विकास हुन्छ ।

बचतका लागि साइड इनकम गर्नुहोस् 

यदि तपाइँले अहिलेको आम्दानीबाट बचत गर्न समस्या भइरहेको छ भने तपाइँ अर्को छुट्टै काम गरेर साइड इनकम गर्नुहोस् । तपाइँको कुनै शौखका आधारमा पनि साइड जब सुरु गर्न सक्नुहुन्छ । यसले तपाइँलाई थप आम्दानीसँगै बचत गर्न पनि मद्दत गर्छ । तर यसरी आम्दानी गरेको रकम तपाइँ सधैँ सही ठाउँमा लगानी गर्न जरुरी छ । 

कम खर्चिलो बन्नुहोस् 

तपाइँलाई समाजमा देखावटीमा रुपमा केही गर्न मन लाग्छ, जुन कुरा दबाउन मुस्किल पर्छ । यसमा थुप्रै पैसा खर्च पनि हुन्छ । त्यसैले तपाइँ कुनै यस्तो तरिका अपनाउनुहोस् जसले तपाइँ इच्छा पनि पूरा होस् र पैसा पनि कम खर्च होस् । यसको सबैभन्दा राम्रो उपाय भनेको तपाइँ यस्तो डिल्स वा डिस्काउन्ट पत्ता लगाउनुहोस् जसमा तपाइँ धेरैभन्दा धेरै छुट होस् । अनावश्यक लाइफस्टाइल, मनोरन्जन र खानपानमा हुने खर्चले तपाइँको बचतमा समस्या ल्याउन सक्छ । त्यसैले यस्ता खर्चमा कटौती गरेर तपाइँ राम्रो बचत गर्न सक्नुहुन्छ । 

बन्द लोनको ईएमआई जम्मा गरिराख्नुहोस् 

यदि तपाइँले लिनुभएको लोन तिरिसक्नुभयो भने पनि तपाइँले तिर्दै आएको ईएमआई जम्मा गर्न नरोक्नुहोस् । यसको मतलब तपाइँले जम्मा गर्ने ईएमआई अब तपाइँले ऋणदातालाई नभई बचतका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । तपाइँको उक्त ईएमआईबराबरको रकम कुनै म्युचुअल फन्ड वा राम्रो ब्याजदर आउने बैंकमा फिक्स डिपोजिट गर्न सक्नुहुन्छ । तपाइँलाई नियमित बचत गर्ने बानी बसाल्न समस्या भइरहेको बेला यो तरिकाले तपाइँ नियमित बचत गर्न सक्नुहुन्छ । यसले तपाइँले आर्थिक सुरक्षासँगै भविष्यमा ठूलो धनराशि जम्मा गर्न निकै मद्दत पुर्याउँछ । – एजेन्सी