काठमाण्डौ । बजाज अटोको मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले योपटकको दशैंतिहारको अवसरमा आफ्ना ग्राहकहरुको पकेट भर्न बजाज पाकेटफूल नामको योजना सार्वजनिक गरेको छ । 

यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन हुन्छ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले रु. १ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरी एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ, जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् ।

साप्ताहिक पाकेट फुल कार्यक्रमको प्रसारण टेलिभिजनबाट गरिनेछ, जसमा विजेताले तोकिएको समयभित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।