काठमाण्डौ । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजनाअन्तर्गत “बजाज उल्टो अफर” सार्वजनिक गरेको छ । 

कम्पनीले “किनेपछि जित्ने होइन, जिते पछि किन्ने” नारासहित नयाँ वर्षको योजना शुरु गरेको हो । 

बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउँदै आइरहेको छ । यसपटक बजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केही भिन्न प्रकारको अफर ल्याएको हो । 

पहिले, ग्राहकहरुले केही सामान खरिदपछि मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नुभन्दा अगाडि नै स्क्र्याच कार्ड प्रदान गरिनेछ, जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चात फेरि छुट पाउनेछन् । 

उल्टो अफर योजनाअन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन् । साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् । 

ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् । 

यस योजनाको शुभराम्भगर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले ग्राहकहरुका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउँदै आएको छ । ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले यस नयाँ वर्ष २०७६ को अवसरमा “बजाज उल्टो अफर” ल्याएको हो । यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्ने छन् । हामीले यस्तो प्रकारको योजना पहिलो पटक ल्याएका हौं।”