काठमाण्डौ । बजाज अटोले भारतको दिल्लीमा आफ्नो १४ वर्ष पुरानो ब्रान्ड ‘चेतक’ स्कुटर नयाँ इलेक्ट्रिक स्वरुपमा सार्वजनिक गरेको छ । यो कम्पनीको पहिलो इलेक्ट्रिक स्कुटर पनि हो ।

कम्पनीले यो इलेक्ट्रोनिक स्कुटरको उत्पादन गत २५ सेप्टेम्बरबाट सुरु गरेको थियो । यसको अफिसियल लन्च भने सन् २०२० को सुरुआतीमा गरिने कम्पनीले जनाएको छ ।

चेतक इलेक्ट्रिक स्कुटरमा ४ केडब्लू इलेक्ट्रिक मोटरका साथ आईपी ६७ रेटेड लिथियम ओयन ब्याट्री लगाइएको छ । यसलाई स्ट्यान्डर्ड ५–१५ एएमपी आउटलेटबाट चार्ज गर्न सकिन्छ । यद्यपि कम्पनीले यो स्कुटरमा लगाइएको ब्याट्रीको क्षमताका बारेमा भने जानकारी गराएको छैन।

यो स्कुटरमा स्विन्ग्राम–माउन्डे मोटर पाइनेछ । जुन हाई इफिसियन्सी अटोमेटिक गियरबक्सको मद्दतले ह्विल पावर बढाउनेछ । यसमा स्पिड र माइलेजको हिसाब फरक–फरक ‘मोड’ मा पाइनेछ । जस्तै इको मोडमा सिंगल चार्जमा यो ९५ किलोमिटरसम्म र स्पोर्ट मोडमा ८५ किलोमिटरसम्म चलाउन सकिनेछ ।

यो स्कुटरमा फुल्ली डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर, की–लेख इग्सिनजस्ता थुप्रै प्रिमियम फिचर्स पाइनेछ । एपको मुद्दतमा स्कुटर कनेक्ट गर्न सकिन्छ । जसबाट थुप्रै अन्य फिचर्स पनि कन्ट्रोल गर्न सकिन्छ ।

यसको फ्रन्टमा हेडल्याम्प्स चारैतिर ओभल लिड स्ट्रिप लगाइएको छ । यो स्कुटर ६ विभिन्न रङमा पाइनेछ ।

यो स्कुटरको फ्रन्टमा सिंगल साइड ट्रेलिङ सस्पेन्सन दिइएको छ । त्यहीँ रियरमा मोनोसोक सस्पेन्सन जडान गरिएको छ । फ्रन्ट र रियर दुवै टायरमा स्पिड कन्ट्रोलका लागि डिस्क ब्रेक लगाइएको छ । जसमा ट्युबलेस टायर्स हुनेछ ।

बजाज अटोका म्यानेजिङ डाइरेक्टर राजीव बजाजले यो इलेक्ट्रोनिक स्कुटरको मूल्य भारु १.५० लाख रुपैयाँभन्दा कम हुने जानकारी गराएका छन् । – एजेन्सी