नयाँदिल्ली । बजाज अटोले आफ्नो कम्प्युटर मोटरसाइकल डिस्कभरको उत्पादन बन्द गर्न सक्छ । खासमा कम्पनीले आफ्ना अधिकांश बाइक्सलाई नयाँ बिएस सिक्स एमिशन नम्र्सअनुसार अपग्रेड गरिदिएको छ । तर, डिस्कभर रेञ्जलाई बिएस सिक्समा अपग्रेड गरिएको छैन । 

मिडिया रिपोर्टमा दाबी गरिएको छ कि बजार डिस्कभर ११० र डिस्कभर १२५ लाई बिएस सिक्समा अपग्रेड गरिनेछैन । किनभने डिस्कभर रेञ्जको उत्पादन भारतमा बन्द गरिएको छ र यसको प्रभाव नेपाली बजारमा समेत पर्नेछ । 

डिस्कभर रेञ्ज बजाज अटोको पुराना बाइकमध्येको हो । गत १६ वर्षदेखि फरक फरक डिस्प्लेसमेन्टमा डिस्कभरको उत्पादन भइरहेको थियो । यो डेढ दशकको दौरान कम्पनीले कैयन रेञ्जमा डिस्कभर बाइक लञ्च गरेको थियो । 

सुरुवातमा यसको १२५ सीसी मोडल लञ्च भएको थियो । यसपछि डिस्कभरलाई १०० सीसी, १२५ सीसी, १३५ सीसी तथा १५० सीसीमा समेत बजारमा उतारिएको थियो । बजाजले डिस्कभरलाई ३० भन्दा बढी भेरिएन्टमा बजारमा उतारिसकेको छ । तथापि, डिस्कभरको बिक्री कम्पनीको लक्ष्यअनुसार भने भएन । 

सन् २०१८ मा बजाज अटोले आफ्नो रणनीतिमा परिवर्तन गर्दै डिस्कभरको मात्र दुईवटा डिस्कभर ११० र डिस्कभर १२५ को दुईवटा भेरिएन्टलाई मात्र बजारमा उतारेको थियो । यी दुवै बाइक सिम्पल र बजाजको फेमिलियर डिजाइनका साथ लञ्च गरिएको थियो । तर, यसपछि पनि यसको लोकप्रियता कम्पनीको लक्ष्यअनुसार भएन । यहीकारण बजाजले डिस्कभर रेञ्जको उत्पादन नै बन्द गर्ने निर्णय गरेको बताइएको छ ।