काठमाण्डौ । सेयर बजारका लागि हटकेक मानिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमजोर प्रदर्शन गरेको छ । कुनै बेला टप बैंकको सूचिमा पर्ने यो बैंकको दोश्रो त्रैमासको खूद नाफा तथा अन्य सूचक हेर्ने हो भने स्तर खस्किदै गएको देखिएको हो । 

केही वाणिज्य बैंकहरुले खूद नाफा बढाएर अर्ब माथि पुर्याउँदा समेत हटकेक बैंक स्ट्याण्डर्ड चार्टर्डले भने ७४ करोड मात्र कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो बैंकको खूद नाफा ६१ करोड २० लाख थियो । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ५४ रुपैयाँ ४५ पैसा रहेको वार्षिकीकृत प्रति सेयर आम्दानी यो वर्षको सोही अवधिमा घटेर ३९ रुपैयाँ ४८ पैसामा आइपुुगेको छ । प्रतिसेयर आम्दानीमा यो गिरावट चुक्तापूँजीमा भएको वृद्धिले भएको बताइए पनि अन्य सूचक समेत सन्तोषजनक छैन । यो बैंकको अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २४ करोड रुपैयाँ रहेको चुक्तापूँजी गत आर्थिक वर्षको खूद नाफबाट वितरण गरिएको बोनस सेयरका कारण वृद्धि भई हाल ३ अर्ब ७४ करोडको उचाईमा पुुगेको छ । गत वर्षको खूद नाफाबाट यो बैंकले लगानीकर्तालाई ३३.३३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  

यो बैंकले निस्क्रिय कर्जाको अनुुपातलाई भने केही घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ०.४१ प्रतिशत रहेको यस्तो अनुपात घटाएर यो वर्ष सोही अवधिमा ०.२६ प्रतिशतमा झारिएको छ।

बैंकको प्रति सेयर नेटवर्थ समेत घटेको छ । अघिल्लो वर्षको यो अवधिमा प्रति सेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा रहेकोमा घटेर यो वर्ष २२० रुपैयाँ ३९ पैसामा सीमित रहेको हो । मूूल्य आम्दानी अनुपात समेत बढेको छ । अघिल्लो वर्षको यो अवधिमा ४९.१३ गुणा रहेको यस्तो अनुपात यो वर्ष बढेर ५०.५१ गुणा कायम भएको हो । यति धेरै मूल्य आम्दानी अनुपात हुनु भनेको बित्तीय अवस्था खराब भएको संकेत हो । यस्तो कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिन्छ । मूल्य आम्दानी अनुपात २० गुणा र आसपासमा रहनुुले सम्बद्ध कम्पनीको सेयरमा लगानी गर्नु हितकारी हुने संकेतको रुपमा विश्लेषकहरुले बुुझ्ने गर्छन ।