-धनकुमार राई

चित्रमा देखाइएको setup अनुसार सूचकांकको बिन्दु ८३८ देखि १८८८ (XA Line) सम्मको बुल यात्रा पछि सूचकांकले ०.६१८% सम्म फर्किएर सूचकांक १२१८ को न्यून स्तर बिन्दु B बनाएको देखिन्छ ।

सूचकांकको १२१८ (बिन्दु B) बाट फेरी सूचकांक बुलतिरै फर्किए पनि नयाँ उचाई लिन नसकेपछि पछिल्लो उचाइ A को नजिक गएर बिन्दु C (सूचकांक १७४५) बनाउन सफल भएको देखिन्छ ।

सूचकांक १७४५ (बिन्दु C) बाट न्यूनस्तर सुचकांक ११३५ (बिन्दु D) सम्म (बिन्दु B-सूचकांक १२१८ भन्दा तल घटेर) सुरुवाती न्यूनस्तर सुचकांक ८३८- बिन्दु X भन्दा माथि नै रहदै पहिलो बुल यात्राको ०.७०७ %- ११३५ को न्यूनस्तर बनाएको देख्न सकिन्छ ।

यसरी सेटअपलाई पूर्णता दिन बजार फर्किनै पर्ने बिन्दु D (सूचकांक ११३५) बाट सूचकांक १४६० सम्म बुलतिरै फर्किए पनि CD Line को ०.३८२ र ०.६१८ को बीच बाट रिजेक्ट भई पछिल्लो ३ महिनादेखिको निम्नस्तर बिन्दु D (सूचकांक ११३५) भन्दा माथि नै स्थिर भइरहकोले  technical setup अनुसारको लक्ष्य भेट्टाउन बजार फर्किने प्राविधिक मान्यताले म्यान्डेट प्राप्त गर्ने विश्वास जीवित राख्न सकिने देखिन्छ । 

साप्ताहिक दृष्टि
बजारले गत साताभरि नै ६ अंक भित्र सीमित रहेर कारोबार गरेको तथा न्यून कारोबारले निरन्तरता पाएको सातामा झिनो बिन्दुले हरियो क्याण्डल बनेको छ । यसरी कारोबारी गणितले नेप्से सूचकांक Weekly Pivotal line भन्दा कमजोर गणनासँगै आउने साताका लागि नकारात्मक नै देखियो ।

यसरी नै यो आउने साता पनि प्राविधिक सेटअपअनुसार बजारले साँघुरो र सीमित रेञ्जभित्र नै कारोबार गर्ने सम्भावना भएकोले खरिदकर्ताको नेतृत्वदायी प्रदर्शनले १२०० बिन्दु माथिको मनोबैज्ञानिक जित प्राप्त गर्न संघर्ष गर्ने आशा गर्न सकिने भने देखिन्छ नै । 

शेयर बजार Fixed Price पसल नभएकोले यहाँ सोझा र चतुर लगानीकर्ताहरुको बीचमा bargaining  चलिरहन्छ । चतुर खरिदकर्ताहरुले गुणवत्ता र असल शेयरहरुको सस्तो मूल्यमा खरिद गर्न दवाब सिर्जना गरिरहेका हुन्छन् । जसलाई रेगुलेटरदेखि लिएर सरकारसम्मको नाम लिएर बग्रेल्ती खोलिएका Media मार्फत आवश्यक अनावश्यक सम्पूर्ण प्रचारबाजी गरिन्छ र सोझा लगानीकर्ताहरु अन्योलमा यति धेरैसम्म सशंकित र आतंकित बनाइन्छ कि उनीहरुले चाहेर नचाहेर बजारको आपूर्ति सस्तैमा गर्न बाध्य पारिरहिएको हुन्छ ।

नेपाली बजारमा जोखिम न्यूनिकरणको कुनै उपाय portfolio diversification  विकल्प नभएकोले पनि बजारमा उपलब्ध नेप्सेकै सेयर BUY गर्दै SELL गर्नको अर्को उपाय नै छैन । त्यसैले पनि घट्दो बजारमा आफ्नो लगानी ब्यवस्थापन गर्न बिकल्प नहँुदा आम लगानीकर्ताहरु यसरी आतंकित हुन परेको दृष्टान्ट स्पष्ट छ । 

हल्लाले निम्त्याएको डर भन्दा अगाडि बढेर लगानीकर्ताले आफैमा र आफ्नो लगानीमा विश्वास गर्न भन्दा अर्को विकल्प छैन र विस्तारै आफ्नो अर्थतन्त्र र राज्यप्रति समयको अन्तरालसंगै विश्वास पनि बन्दै जाने निश्चितप्रायः नै हुन्छ र फेरि बजार आफ्नो लयमा फर्किन्छ, किनकि बजारको अन्योल र घट्दो लय अस्थायी नै भएकोले बजारको स्वभाविक प्रतिस्पर्धालाई स्वभाविक स्वीकार गर्दै उयचतायष्यि ब्यवस्थित गर्न उपयुक्त हुन्छ । 

(लेखक सेयर बजारका प्राविधिक विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)