-धनकुमार राई
बजार प्राविधिक सेटअपभित्र नै मुभमेन्ट भइरहेको देख्न सकिन्छ र हुने नै छ, अध्ययनले विगतका केही हप्ताहरुमा बजारको प्रदर्शनले ११०० बिन्दुलाई रिजेक्ट गरेको देखिए पनि उकालो सीमालाई पनि बिभिन्न बहानामा नकारेको देखिएकै हो । 

गत साता बजारले नेतृत्वदायी भूमिका निभएर १२०० को हेपाइलाई जित्दै कारोबार रकममा समेत सुधार गरेको देखियो । यसले प्राविधिक मान्यताअनुसार हप्तौदेखि महिनौसम्म दवाबमा रहेको लगानीकर्ताहरुको डरको मनोविज्ञान सकरात्मक बन्दै गएको र यहाँ मुभिङ एभरेज भन्दा अन्य प्राविधिक संकेतहरुले सकरात्मक संकेत गरेकोले पनि बजारको यो आउने साता साप्ताहिक १२५० को लक्ष्यसहित सक्रिय रहने देख्न सकिन्छ ।  

गत सप्ताहको अपेक्षाकृत सक्रिय कारोबारले सूचकांकको १२०० भन्दा न्यूनस्तर रिजेक्ट भएको बुझ्दै १२०० अंकको मनोवैज्ञानिक अवरोधलाई जितेसँगै खरीदकर्ताहरुले बजारलाई नेतृत्व दिने र लङटर्म लगानीका लागि गति प्राप्त हुने विश्वास लिन सकिने देखिन्छ । 

2.Technical Indicator हरुलाई चार्टमा हेरौ:

i)साप्ताहिक Pivot Range र अनुमानित कारोबार रेञ्ज :

 यहाँ chart मा हामीले आइतबारदेखि नै देखाएको MACD Divergence लाई बिहीबारको Daily र Weekly चार्ट र MACD  संकेतअनुसार सुनिश्चित भएको देख्न देखिन्छ । चित्रमा बुधवारकै कारोबारले निलो MACD line ले रातो signal लाइनलाई माथितिर crossover गर्दा histogramको बार जिरो लाइन माथि कन्भर्ज भए संगै बजार बढ्न सक्ने संकेत बलियो बनेको बुझ्न सकिन्छ भने सुचकांकको Lower bottoms को Downward Move र MACD ले बनाएको Higher bottomsको Upward move ले जहिले पनि Upward गति प्राप्त गर्ने गर्दछ जसलाई Bullish Divergence भनिन्छ । यहाँ बिहीबारको अन्तिम कारोबारले पनि खरिद गर्न सकिने संकेतलाई Bullish Divergence ले सुनिश्चित गरेकोले आउने सातालाई खरिददारीको बलियो संकेत सुनिश्चित भएकोे र खरिददारीको अनिवार्य अवसर विश्वस्त बन्दै गएको देख्न सकिन्छ ।

माथि Chart मा Monthly Bullish Gartley ले ११३५ को न्यूनस्तरबाट बजार उकालो लाग्ने देखाएअनुसार नै १४६० सम्मको उकालो यात्रा तय गरिसकेर फेरी विक्रिकर्ताहरुको दवाबमा ११६३ सम्मको ओह्रालो यात्रा टुंग्याएको मान्न सकिन्छ । यहाँ आउने दिनमा बजार १२०० माथि स्थिर बन्दै, चित्रमा देखाइएको Triangle Limitको तल्लो भागबाट बजार फर्किएकोले प्राविधिक सेटअप अनुसार बजारको ओह्रालो लाग्ने आशा कमजोर बनेको देख्न सकिन्छ । 

माथि चार्टमा Technical Trend line सेटअप अनुसार बजारको Long term Trend ले उकालो देखाउछ भने Long Term trend भित्रको Secondary Trend Bearish देख्न सकिन्छ, यसरी मुख्य ट्रेन्डलाइनको प्रभाव रहे सम्म बजार आफ्नो लय Bullish नै हुने देखिन्छ र अन्ततः विश्वबजारको मान्यताअनुसार उभ्याएर हेर्दा नयाँ चरणको सुरुवात भइसकेको मान्न सकिन्छ ।