काठमाण्डौ । वाणिज्य बैंकहरुमा झुम्मिएका लगानीकर्ताहरुका कारण दैनिकजसो उछाल आई नयाँ–नयाँ उचाईंको रेकर्ड बनाइरहेको नेप्से परिसूचकमा सोमबार भने सामान्य करेक्सन भएको छ । 
 

साताको दोश्रो दिन सोमबार बजार सामान्य करेक्सन हुँदै नेप्से परिसूचक २.५८ अंकले ओरालो लागी १३७४.७५ मा आइपुगेको छ । 
 

सोमबार बजार खुल्दा नेप्से परिसूचक १३७६.७० अंक थियो । बजार खुलेलगत्तै परिसूचक १३८४.०९ अंकसम्म पुगेको थियो, तर पछि केही करेक्सन भई १३७४.७५ अंकमा बन्द भएको हो । 
 

बजारमा १६ लाख ३६ हजार कित्ता शेयर ४ हजार ४४ कारोबारबाट किनबेच हुँदा बजारमा ८२ करोड २९ लाख पूँजी परिचालन भयो । सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ०.५६ र ०.१५ अंकले बढ्यो । होटल, विकास बैंक र फाइनान्स समूह बााहेक अन्य बाँकी सबै समूहको नेप्से रातोमय भयो ।