काठमाण्डौ । दोस्रो बजारमा बिहीबारदेखि ४ लाख ७५ हजार २०० कित्ता सेयर थपिएको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एक सूचना जारी गर्दै गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ लाख ७५ हजार २०० कित्ता बोनस सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको जानकारी गराएको हो । दोस्रो बजारमा बिहीबारदेखि नै यी सेयर कारोबारमा आएका छन् । 

गुराँस लाइफले आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट आफ्ना सेयर धनीहरुलाई ८% का दरले उक्त परिमाण विनोश सेयर वितरण गरेको थियो ।