काठमाण्डौ । पुस मसान्तको दवाब हटेसँगै बजारमा लगानीकर्ता सलबलाउन थालेका छन् । अर्थमन्त्रीको पहलमा बजारमा भएका सुधारका कामहरुलाई पुस मसान्तको दवाबले छायाँमा पारे पनि अब भने बजार बढ्ने आशामा लगानीकर्ता सलबलाउन थालेका देखिएको छ ।

यहीकारण सोमबार नेप्से परिसूचक ११.७४ अंकले बढी ११८६.८० को विन्दूमा पुगेको छ । 

यो दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंकले बढ्यो भने फ्लट इण्डेक्समा ०.८३ अंकको बढोत्तरी भयो ।

बजारमा बैंकिङ समूह १.०९ अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा बढोत्तरी भयो । होटल समूह १८.८४ अंकले बढेको यो दिन विकास बैंक समूह ४.५६ अंकले बढेको छ । बित्त समूह ६.९६ अंकले बढ्यो भने निर्जीवन बिमा समूह १९.२४ अंक, जीवन बिमा समूह ३.१८ अंक, माइक्रोफाइनान्स समूह १५.०७ अंक र अन्य समूह १९.९१ अंकले बढे ।

यो  जलविद्युत समूहमा अपर तामाकोशीको सेयर मूल्यमा भएको गडबडीले सबैभन्दा  बढी १७७.०७ अंकको बढोत्तरी भएको देखिएको छ । तर, यो गलत हो ।  

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका  ८ लाख ५ हजार ६ सय १ कित्ता सेयर २६ करोड ८१ लाख २४ हजार ६ सय ४४ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकले ४ करोड ७२ लाख बढीको कारोबार गर्यो।

नागरिक लगानीकोषले ४ करोड ७० लाख बढीको कारोबार गरेको यो दिन सिद्धार्थ बैंकले ९४ लाख, वोमी माइक्रोफाइनान्सले ९३ लाख, कृषि विकास बैंकले ७१ लाख, एनसीसी बैंकले ५९ लाख, एनएमबी बैंकले ५४ लाख, साना किसान विकास बैंकले ५० लाख, अपर तामाकोशीले ४७ लाख र नेपाल लाइफ इन्स्योेरेन्सले पनि ४७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नागरिक लगानीकोषका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेपछि पोजिटिभ सर्किट लाग्यो ।

 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले समेत १० प्रतिशतकै हाराहारीमा कमाए । सिटी एक्सप्रेस फाइनान्सको सेयर मूल्य ९.१७ प्रतिशतले बढ्यो । 

यो दिन बैंक अफ काठमाण्डूका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमुल्य ५.०५ प्रतिशतले घट्यो  ।