काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा ९६ लाख भन्दा बढी कित्ता सेयर थपिएको छ । 

नवील बैंक लिमीटेडको यो परिमाणको सेयर बजारमा थपिएको हो । 

नवील बैंक लिमीटेडको ९६ लाख ८६ हजार २४४ कित्ता बोनस सेयर दोश्रो बजारमा सूचिकृत भएको नेप्सेले जनाएको छ । 

सेयर सूचिकरणसँगै अब बोनस सेयर समेत कारोबारमा आएको हो । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्र्तालाई २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारणसभाबाट पारित गराएको थियो । यो प्रस्ताव पारित भएसँगै सेयरधनीले घोषित बोनस पाएका थिए । वितरण भएको तिनै बोनस सेयर कारोबारमा आएका हुन् ।