काठमाण्डौ । सेयर बजारमा उछाल आएको छ । आइतबार कारोबार खुलेदेखि नै नेप्से परिसूचकमा उछाल आएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उस्तै उछाल देखिएको छ । 

कारोबारको पहिलो एकघण्टामा नेप्से परिसूचक ४१ अंकले बढेर १४७५ भन्दा माथिको विन्दूमा पुुगिसकेको छ । 

कारोबार रकम पनि ९४ करोडभन्दा माथि पुगिसकेको  छ । कारोबार र बजारको यही गति अन्तिम समयसम्म कायम रहे आइतबार फेरि कारोबार रकममा नयाँ रेकर्ड कायम हुने संभावना प्रवल देखिएको छ।

पहिलो एकघण्टामा बैंकिङ समूहमा उछाल आएको छ । यो समूहको परिसूचक एकघण्टामे ३.५ प्रतिशतले बढिसकेको छ । अन्य सबै समूहका सूचकमा पनि उस्तै उछाल आएको छ । 

कालिका माइक्रो क्रेडिट र आरएसडिसी लघुवित्तको सेयर मूल्यमा पोजिटिभ सर्किट लागिसकेको छ । फ्रस्ट माइक्रोफाइनान्सको मूल्यमा पनि सर्किट लाग्न खोजिरहेको छ । 

वाणिज्य बैंकमध्ये यो अवधिसम्म सबैभन्दा बढी एनएमबी बैंकको सेयर मूल्य ७.७५ प्रतिशतले बढिसकेको छ । 

सबैभन्दा बढी कारोबार फ्रस्ट माइक्रोफाइनान्सले गरेको छ । एनएमबी बैंक, ग्रामीण विकास लघुवित्त, हिमालयन डिस्टीलरी, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानीकोष लगायतका सेयरले समेत बजारमा धूम मच्चाइरहेका छन् ।