काठमाण्डौ । जसो जसो बाहुनबाजे, उसो उसो स्वाहा भनेजस्तो सेयर बजार पछिल्लो समय जता जता राजनीति उतै उतै दौडन थालेको छ । राजनीतिमा कालो बादल मडारिएपछि अप्रत्यासित रुपमा घट्ने बजार राजनीतिमा सुधारको संकेत देखिएपछि बढ्न थाल्छ । बजारमा देखिने सधैंको यही प्रवृति मंगलबार पनि दोहोरियो ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता भएपछि र दलहरुले धमाधम उम्मेद्वार घोषणा गर्न थालेपछि प्रधानन्यायाधीश सुशील कार्कीको निलम्बन र २ उपप्रधानमन्त्रीको राजीनामाका कारण स्थानीय निर्वाचन रोकिने आशंका हटेको र यसले बजारलाई समेत वृद्धिको लयमा दौडाएको देखिएको हो ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता भएपछि र दलहरुले धमाधम उम्मेद्वार घोषणा गर्न थालेपछि प्रधानन्यायाधीश सुशील कार्कीको निलम्बन र २ उपप्रधानमन्त्रीको राजीनामाका कारण स्थानीय निर्वाचन रोकिने आशंका हटेको र यसले बजारलाई समेत वृद्धिको लयमा दौडाएको देखिएको हो ।

बजार सुरु भएलगत्तै पनि निर्वाचन हुने नहुनेमा लगानीकर्ता विश्वस्त देखिएनन् । तर, ठूला र सरकारवादी दलहरुले नै उम्मेद्वार घोषणा गर्न थालेको खबर प्रवाहसँगै बजार बढ्ने आशामा लगानीकर्ताले खरिदारी बढाए र बजार बन्द हुँदा ७.५५ अंकको बढोत्तरी हासिल भयो ।

बजार सेयर बिक्रीसँगै खरीदको चाप समेत बढेपछि मंगलबार ९३ करोडको हाराहारीमा कारोबार भयो ।

मंगलबार वाणिज्य बंैक(बैकिङ) समूह, विकास बैंक र बिमासहित चार समूहको सूचक बढेको छ । बैकिङ समूह ६.८८, विकास बैंक १६.४३, बिमा समूह ७९.०२ र जलविद्युत समूह ३.१६ अंकले बढे । यस्तै, होटल, बित्त, उत्पादनमूलक र अन्य समूह क्रमशः २८.८८, २.१७, ५.४६ र २.३२ अंकले घटे ।

‘क’ वर्गका कम्पनीमा आकर्षण बढेपछि सेन्सेटिभ इण्डेक्स १.५५ अंकले  बढ्यो भने समग्र कारोबार सूचक फ्लोट इण्डेक्समा ०.५५ अंकको वृद्धि देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ४३ कम्पनीका कुल १५ लाख ४८ हजार २ सय ५२ कित्ता सेयर कुल ९२ करोड ९० लाख ७३ हजार १ सय ३४ रुपैयाँमा किनबेच भयो ।

यो दिन सबैभन्दा बढी  नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड २९ लाख बढीको कारोबार गर्यो । नेपाल एसबीआई बैंकले ३ करोड ४६ लाख, सिद्धार्थ बैंकले २ करोड ७८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २ करोड ७८ लाख, मुक्तिनाथ विकास बैंकले २ करोड ६६ लाख बढीको कारोबार भयो । सिद्धार्थ बैंकको २ करोड ६५ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने एनसीसी बैंकले २ करोड ५१ लख बढीको कारोबार गर्यो ।

मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा समूह र बाँकी एक स्थान विकास बैंकले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार चार कम्पनीका सेयरधनी मालामाल भए । ओमी माइक्रो फाइनान्स र नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो भने एनएमबी माइक्रो फाइनान्सको ९ प्रतिशतको हाराहारी र आरएसडिसी लघुवित्तको मूल्य ८ प्रतिशतले वृद्धि भयो ।

यो दिन सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ५.१८ प्रतिशतले घट्यो ।