काठमाण्डौ । बजारमा फेरि ‘अशुुभ संकेत’ देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६.३२ अंकले घटेको छ भने कारोबार रकम पनि २४ करोड ४२ लाखमा सीमित बन्न पुुगेको छ । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतियो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा संस्थापक सेयर कारोबारको बढी होल्ड रह्यो । नेप्से परिसूचक र कारोबार रकम दुवैतर्फ गिरावट आउनुु बजारको भविष्यका लागि अशुुभ संकेत रहेको विश्लेषकहरु बताउँछन् । यो प्रवृति केही दिनसम्म निरन्तर रहे बजार अझै तल जाने संभावना हुन्छ । निरन्तर घट्दो बजारका कारण लगानीकर्ताको मनोवल खस्किरहेको छ । 

यो दिन बैकिङ समूह २.६७ अंकले घटेको छ । यस्तै, बिमा, विकास बैंक, बित्त समूह तथा माइक्रोफाइनान्स समूहको सूचकमा क्रमशः ४०.२२, ८.४६, २.६२ र १२.७४ अंकको गिरावट देखियो । यस्तै, होटल समूह ३.४ अंक, जलविद्युत समूह २२.४५ अंक, उत्पादनमूलक ५.५९ अंक र अन्य समूह ७.९८ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४६ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा ६ लाख ७० हजार ५ सय ८९ कित्ता सेयर २४ करोड ४२ लाख ६८ हजार ८ सय ३१ रुपैयाँमा किनबेच भयो । यस्तै, ओम डेभलपमेन्ट बैंक लिमीटेडको १ करोड ७४ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडले १ करोड ३२ लाख कारोबार गरेको बजारमा नवील बैंकको १ करोड २६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, बजारमा कामना सेवा विकास बैंक लिमीटेडको १ करोड संस्थापक सेयरको कारोबार भएको बजारमा नेपाल लाइफले ९६ लाख, चिलिमे जलविद्युत कम्पनीले ८५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै कारोबार गर्यो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो । 

यस्तै, आरएसडिसी लघुवित्तको सेयर मूल्यमा पहिरो गयो । यो कम्पनीको मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको हो ।