काठमाण्डौ । सेयर कारोबारको चाप घटेसँगै बजारले कारोबार रकमको साथ समेत गुमाउन थालेको देखिएको छ । तर, बिक्री गर्ने भन्दा खरीदकर्ता केही हाबी देखिनुुलाई भने सकारात्मक रुपमा लिनुपर्छ । बुधबार नेप्से परिसूचक ४.०६ अंकले बढेर १२८५.९६ विन्दूमा पुुगे पनि कारोबार रकम चाहि घटेर १८ करोड ४५ लाखमा सीमित बन्न पुुगेको छ । 

बजार घटेर वर्षकै न्यून विन्दूमा पुुगेपछि राम्रा कम्पनीको सेयर खरीदका लागि बाठाहरुले सक्रियता बढाइरहेका मंगलबार र बुधबारको बजार प्रवृतिले देखाउँछ । यी दुवै दिन लगानीकर्ताहरु राम्रा कम्पनीको सेयर सस्तोमै उठाउन अग्रसर छन् । तर, यो अवसरलाई सबैले अवसरको रुपमा नबुुझ्दा खरीदको चाप भनेजस्तो धेरै देखिएको छैन । बजार घटेर निकै तल पुुगेको अवस्थामा किनेको सेयरले भविष्यमा मालामाल गराउने भए पनि यो चेतना लगानीकर्तासम्म पुुग्न नसक्दा र चलखेल गर्ने समूहहरुले फैलाउने हल्ला र त्रासका कारण बजार मज्जाले बढ्न नसकेको देखिएको छ । 

सेयर किन्ने स्वर्णिम अवसर नै यही बेला हो, भोलिका दिनमा लगानीकर्ताले आशा गरेको सुधारका काम धमाधम हुन थाल्यो भने बजारले उचाई लिनेछ । त्यसबेला अहिले नकिन्नेहरुका अगाडि पछुताउनुुबाहेक अर्को विकल्प हुनेछैन । 

बुधबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.९६ प्रतिशतले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३ अंकको बढोत्तरी देखिएको छ । 

होटल, फाइनान्स र उत्पादनमूलक समूह घटेका छन् भने बाँकी सबै समूहको सूचकमा बढोत्तरी देखिएको छ । 

होटल समूह २६ अंकले घटेको छ भने फाइनान्स समूह ०.८८ र उत्पादनमूलक ६.८२ अंकले घटेका छन् । 

यो दिन बैकिङ समूह ३.७३ अंकले बढेको छ भने बिमा, माइक्रोफाइनान्स र विकास बैंक क्रमशः २९.२१, ८.५७ र ४.२८ अंकले बढेका छन् । जलविद्युत समूह ९.३ र अन्य समूह १.९५ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कारोबार गर्यो । यो कम्पनीले १ करोड ५ लाख बढीको कारोबार गरेको हो । नवील बैंकले ९८ लाख, एभरेष्ट बैंकले ८७ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको ८२ करोड बढीको संस्थापक सेयर कारोबार भएको बजारमा जनता बैंक नेपालले ६२ लाख, राष्ट्रिय बिमा कम्पनीले ६१ लख, सानिमा बैंकले ५३ लाख, नेपाल बैंकले ५१ लख, इन्भेष्टमेन्ट बैंकले ४४ लाख र एनएमबी बैंकले ३८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.२७ प्रतिशतले वृद्धि भयो । सहयोगी विकास बैंकका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए ।

यो दिन नयाँ नेपाल लघुवित्त विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।