काठमाण्डौ । शुक्रबार मात्रै बजारमा विभिन्न ९ सूचिकृत कम्पनीका २ करोड ९० लाख बढी नयाँ सेयर थपिएको छ । 

नेपाल स्टक एक्सचेञ्जमा एक वाणिज्य बैंक, एक बिमा कम्पनी, २ विकास बैंक, ४ माइक्रोफाइनान्स र एक फाइनान्स कम्पनीका बोनस तथा हकप्रद सेयर गरी २ करोड ९० लाख ५२ हजार ५४ दशमलव ८४ कित्ता थपिएको हो । 

कुन कम्पनीको कति सेयर थपियो ? हेरौं यो सूचि:

  1. साइन रेसुंगा डेभलपमेन्ट बैंक:  २७५७२३१ कित्ता (बोनस)
  2. डिप्रोक्स लघुवित्त: ९६९७९३.६६ कित्ता(बोनस)
  3. प्रिमियर इन्स्योरेन्स: ६९५३९७ कित्ता(बोनस)
  4. सिर्जना फाइनान्स: ९८२८००कित्ता(बोनस)
  5. समता माइक्रोफाइनान्स: ६३२०० कित्ता(बोनस)
  6. मितेरी डेभलपमेन्ट बैंक: ११९७०६९.४४ कित्ता(बोनस)
  7. पोखरा फाइनान्स: ९८३६८२.७४ कित्ता(हकप्रद)
  8. प्रभू बैंक लिमीटेड: २११९९३२१ कित्ता(हकप्रद)
  9. नेशनल माइक्रोफाइनान्स: २०३५६० कित्ता(बोनस)