काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा १.३५ अंकको बढोत्तरी भएको छ । 

नेप्सेमा सामान्य सुधार भई १२१९.८१ अंकमा सीमित भएको हो । यो दिन कारोबार रकम २१ करोडको हाराहारीमा रहेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ०.२९ अंकको बढोत्तरी भएको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१८ अंकको वृद्धि भएको छ । 

यो दिन ५ समूहको सूचक बढे भने बाँकी ४ समूहको सूचकमा गिरावट आयो । 

बैंकिङ समूह १.८९ अंकले बढ्यो भने विकास बैंक समूह २.२८ अंक, बित्त समूहमा ३.४५ अंक, बिमा समूह २२.९२ अंक र उत्पादनमूलक १२.०२ अंकले बढे । यो दिन होटल समूह १२.१२ अंकले घट्यो भने जलविद्युत समूह ७.३७ अंक, माइक्रोफाइनान्स समूह २.४ अंक र अन्य समूह २.६ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६७ कम्पनीका ७ लाख ५० हजार ९ सय २६ कम्पनीका सेयर २० करोड ९३ लाख ८५ हजार ७ सय ९८ रुपैयाँमा कारोबार भयो । यो दिन नेशनल लाइफ इन्स्योरेन्सको २ करोड ७ लाख बराबरको संस्थापक सेयर किनबेच भयो । कामना सेवा विकास बैंकको ७४ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा ओम डेभलपमेन्ट बैंकले १ करोड १४ लाख बढीको कारोबार गरेको छ । यस्तै, नेको इन्स्योरेन्सले ६५ लाख, एभरेष्ट बैंकले ६४ लाख, मेगा बैंकले ६३ लाख, ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले ५७ लाख, स्ट्याण्डर्ड चार्टर्डले ५७ लाख, नेपाल बैंकले ५३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको मूल्य ६.८३ प्रतिशतले बढ्यो । यस्तै, जेबिल्स फाइनान्सको सेयर मूल्य पनि ५.८८ प्रतिशतले वृद्धि भयो । 

यो दिन हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।