-धनकुमार राई
बजारको कमजोरीसँगै लगानीको उत्तम अवसर भएकोले बजारको कमजोरीको सम्बन्ध उकालो लाग्नलाई भएकोले बजार घटेको नभई बढ्ने तयारी पूरा गर्दै छ, त्यसका लागि माथि वा तलको चार्टमा हेरौं । 

सूचकांक घटिरहेको अहिलेको अवस्थामा टेक्निकल इन्डिकेटर हिस्टोग्रामले घटिरहेको विपरीत बढ्ने डाइभरजेन्सको संकेत गर्दछ भने त्यसलाई 'बुलिस डाइभरजेन्स' भनिन्छ । यसरी नै यहाँ चित्रमा पनि सुचकांक १२२० मा बन्द हुँदा बनेको बटमदेखि ११८० मा बनेको बटम घटिरहेकै छ भने सोही अवधिकोे हिस्टोग्राम (Histogram)  र MACD crossover दुवैमा देखिएको हाइयर बटम्सले बढिरहेको डाइभरजेन्स संकेतलाई सुनिश्चित गर्दै गरेको देख्न सकिन्छ । 

आइतबार नेप्से परिसूचकको गिरावटसँगै पोजिटिभ डाइभरजेन्सको सुनिश्चितता यो सातासम्म लम्बिए पनि यो अन्ततः सुनिश्चित नै हुने भएकोले बजारले आधारभूत भूमिकाको अनुपस्थितिमा केही दवाबमा बेहोर्नु पर्ने भए पनि बढ्ने निश्चित नै हुन्छ । 

अतः यस्तो अवस्थामा बजारले नया लगानीकर्ताहरुको स्वागत गर्दै खरिदारी सुरु गर्नेछ । 

यसरी बजारको सक्रियताको निकटतम अध्ययनले आइतबारको कमजोरी बजारको बढ्ने संकेतसंग भएकोले यसलाई बजार घटेको नभई आउने दिनको बुलिस सेन्टीमेन्ट लाई सपोर्ट लाइन नजिक रचनात्मक शक्ति प्रदान गरेको देख्न सकिन्छ । 

चार महिनाअघिको न्यूनस्तर पच्छ्याउँदै कमजोरी हाबी भएको आइतबारको दिन होटल समूह र ट्रेडिङ समूह भन्दा अन्य कुनै पनि समूहले अपेक्षाकृत प्रदर्शन गर्न सकेको देखिएन भने सोमबार होटल समूह भन्दा अन्य सबै समूह हरियो बन्न पुगे । यसरी यहाँ मुख्य रुपले बिनाकारण आम कारोबारीहरुको सोच भन्दा विपरीत घटेर बजारले आफ्नो चाल परिवर्तन गर्नु अगाडिको बढ्ने चेतावनीको संकेत बुझ्नुपर्ने हुन्छ ।

 

बजारको अधिकांश  समूहभित्रका कारोबारले मूल्यको एकोहोरो कमजोरीसँगै थकान महसुस गर्ने समय पनि भएकोले मार्च २८ को न्यूनस्तर ११३५ भन्दा माथि बजारले लङ टर्म प्रतिक्रया देखाउनु पर्ने र आउने समयमा खरिदकर्ताहरुले आफ्नो सक्रियताले निर्णायक भूमिक खेल्ने स्पष्ट छ । 

यसरी सानो जोखिम लिएर न्यूनस्तरको खरिददारी अन्ततः फलदायी हुने निश्चित प्रायः नै हुने भएकोले यो समयलाई लगानीकर्ताहरुले आफ्नो लगानी ब्यवस्थापन गर्ने उपयुक्त समय मान्न सकिन्छ । 

यस्तो बेला बिक्री नगर्नु नै उत्तम !
बजारमा किनेकै मूल्यबाट र किनेकै समयबाट बजार उठ्नु पर्छ भन्ने मान्यता कहिल्यै पनि सम्भव हुँदैन । यसरी लगानीकर्ताहरु बजारको वृद्धिमा किन्ने र बजारको कमजोरीमा बेच्ने गर्नाले समस्या भएको देख्न सक्छौं । हामी सबैले कमाउन नै चाहान्छौं, गुमाउन कसैलाई स्वीकार्य हुँदै हुँदैन, त्यसैले यो स्वभाविक झुकाव रहिरहन्छ कि बजार बढिरहेको बेला किन्ने र घटिरहेको बेला नकिन्ने, तर थोरै लगानीकर्ताहरु हुन्छन् जसले यस्तो बजारको स्थितिलाई पहिचान गरेर खरिददारी निरन्तर गरिरहन्छन् र आउने समयमा बजारको नेतृत्व तिनैले गर्ने गर्दछन् । 

बजारमा कुनै पनि वस्तुको अभावमा त्यो बस्तुको माग बढ्ने र खरिददारी बढ्दै, मूल्य पनि आकासिन्छ,  त्यसैमा आम लगानीकर्ताहरुमा पनि स्वभाविक स्वभाव विद्यमान हुन्छ कि महङ्गोमा भए पनि खरिद गर्दै नै रहन्छन, तर बेच्न सक्दैनन् । यसरी नै बजारमा आएको प्यानिकनेस उच्च मूल्यमा नाफा बुक नगरी अझै किन्दै गएर नै आएको हो भन्न सकिन्छ । 

फेरी हाम्रो स्वभाव कागजमा मात्र भए पनि नाफा नोक्सानीको गणना गरिरहने भएकोले घटिरहेको बेला अझ घटेमा गणना अनुसार सम्पत्तिमा आउनसक्ने कमीलाई कम गर्न भनेर किन्ने बेलामा बेच्न पुग्दछौं । यसरी लङ टर्म लगानीकर्ताहरुले उतारचढावलाई बजारको सक्रियता मात्र हो भनेर बुझ्न जरुरी हुन्छ भने, उतारचढावलाई जोखिमको रुपमा बुझ्नु गलत हुन्छ । 

लगानीकर्ताहरुको उतारचढावलाई दैनिक मूल्याङ्कन गर्ने बानीले लगानीको क्षय निम्त्याइरहेको हुन्छ । यसरी लगानीकर्ताहरु आफ्नै आदतको शिकार भइदिँदा आफ्नै लगानीको सबैभन्दा ठूलो शत्रु आफैं बन्न पुग्दछन् । लगानीकर्ताहरुले बजारमा उपलब्ध भएका सीमित चलखेल गर्ने खेलाडीहरुको ट्रिक, जसले मनोबैज्ञानिक दवाब सृजना गर्दै सस्तैमा बेच्न लगाउने मनसायलाई बुझेर स्वभाविक प्रक्रियामा निर्णय गर्न सक्नु पर्दछ । धेरै कमाउने होडमा किन्ने समयमा बेच्ने र नाफा बुक गर्ने समयमा किन्ने कारणले बजारमा आम लगानीकर्ताहरु पिरोलिन्छन् ।

हामीले लगानी गर्ने क्रममा हाल प्राप्त मूल्य आउने दिनमा फेरी प्राप्त नभएमा यो अवसर खेर जानसक्छ भनेर किन्ने गर्नु पर्दछ । तर, आम लगानीकर्ताहरुले अझ सस्तोमा आउँछ भन्ने आशामा खरिददारी गर्ने समयमा खरिददारी गर्न सक्दैनन् । आम लगानीकर्ताहरु १०० बाट बढेर २०० वा ५०० हुन्छ भनेर किन्ने चलन हुन्छ । त्यसैले पनि घटिरहेको बजारमा किन्नु पर्छ भन्ने आइडिया कमैलाई मात्र थाहा हुने भएकोले अधिकांश लगानीकर्ताहरुले किन्ने ठाउँमा बेच्ने  या ‘पर्ख र हेर’को अवस्थामा बस्न पुग्दछन र अहिलेको नेपाली बजार जस्तै कमजोर बन्न पुग्दछ । यस्तो समय बजारको कारोबार र कारोबार रकम हप्तौं या महिनासम्म प्रभावित रहने भएकोले सो समयको कमजोरी नै लगानीको सेयर उपयुक्त समय हुने कुरा बुझ्न जरुरी हुन्छ । 

(लेखक नेपाली सेयर बजारका प्राविधिक विश्लेषक हुन् ।)