काठमाण्डौ । बजारले नयाँ वर्षलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको छ । २०७६ सालको पहिलो दिनको बजार ४.७ अंकले बढेर ११८८.७१ अंकको उचाईमा पुगेको हो । 

नयाँ वर्षमा बजार बढ्नसक्ने विश्लेषक, ब्रोकरको प्रक्षेपण र लगानीकर्ताको मनोबलमा समेत सामान्य सुधार देखिँदा बजार परिसूचक(नेप्से) बढेको हो ।

यो दिन ३० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

यो दिन बैंकिङसहित ६ वटा उपसमूहको सूचक बढेको छ भने ४ उपसमूहको सूचक घटेको छ । 

बैंकिङ समूह ५.८९ अंकले बढेको यो दिन होटल समूहमा २२.४९, होटल समूह २२.४९, विकास बैंक समूह ४.१३ अंक, निर्जीवन बिमा समूह ६.९५  अंक, माइक्रोफाइनान्स ४२.४४ अंक र उत्पादनमूलक १०.३५ अंकले बढेका छन् । 

यो दिन जीवन बिमा समूह ११.२५ अंक, जलविद्युत समूह ५.३२ अंक, बित्त समूह २.०१ र अन्य समूह ५.२८ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका ९ लाख ६४ हजार ५९८ कित्ता सेयर ३० करोड ४५ लाख ७६ हजार ७८२ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन सबैभन्दा बढी नेको इन्स्योरेन्सले २ करोड ७५ लाख बढीको कारोबार गर्यो  । 

कुमारी बैंकले १ करोड ९६ लाख, एनआइसी एशिया बैंकले १ करोड ८३ लाख, एभरेष्ट इन्स्योरेन्सले १ करोड ६८ लाख, एनएमबी बैंकले १ करोड ६२ लाख, प्रभू बैंकले १ करोड ५९ लाख, साना किसान विकास बैंकले ९९ लाख, नेपाल बैंकले ८८ लाख, छिमेक लघुवित्त विकास बैंकले ७४ लाख र नेपाल लाइफ इन्स्योरेन्सले ७२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ७. ५६ प्रतिशतले बढ्यो । एनआइसी एशिया बैंकको मूल्य सामान्य बढी प्रतिकित्ता ४७० रुपैयाँको उचाईमा पुग्यो । 

यो दिन नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको मुल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।