काठमाण्डौ । बजार खुलेको १५ मिनेटमै नेप्से परिसूचकमा उछाल आएको छ । 

चालु आर्थिक वर्षको अन्तिम दिन आज मंगलबार बजार खुलेको १५ मिनेटमै नेप्से परिसूचक २८.६९ अंकले बढेको छ । 

केही ब्रोकर कम्पनीहरुले ५० भन्दा बढी कम्पनीको शेयर  १० कित्ताका दरले  शेयरमूल्य बढाएर किन्दा नेप्सेमा उछाल देखिएको हो।

 

सेन्सेटिभ इण्डेक्स ५.७२ अंकले बढिसकेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्स २.०५ अंकको बढोत्तरी भइसकेको छ । 

१५ मिनेटमै बैंकिंग समूहको परिसूचक २.२४ प्रतिशतले बढिसकेको छ ।

जलविद्युत समूहको परिसूचक २.२८ प्रतिशत, अन्य समूहको परिसूचक ३.६७ अंक, जीवन बिमा समूहको परिसूचक ३.४६ अंकले बढिसकेको छ । 
अन्य सबै समूहको परिसूचक हराभरा भएका छन् । 

बजार खुलेको १५ मिनेटभित्रै १ करोड ४८ लाख बढीको सेयर कारोबार भइसकेको छ । 

पुरानो आर्थिक वर्षको अन्तमा कर तथा ब्याजको जोहो गर्नुपर्ने बाध्यताले असार तेश्रो साताबाट केही दिनसम्म घटेको बजार केही दिनदेखि बढ्न थालेको थियो । सामान्य अंकले बढे पनि कर र ब्याजको बाध्यता हटेसँगै बजारले सुखद यात्राको सुरुवात गर्ने संकेत गरेको थियो । 

केही ब्रोकरको भूमिकाका कारण मात्र बढेको बजारमा स्थायी उछाल आउन लगानीकर्ताहरुको सहभागिताको समेत उत्तिकै जरुरी छ । लगानीकर्ता सक्रिय भएर खरीद नबढाएसम्म नेप्सेको उछाल यात्रा दिगो बन्न सक्दैन ।