काठमाण्डौ । दोस्रो बजारमा बुधबार कारोबार सुरु भएको पौने घन्टामै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भारी गिरावट आएपछि नेगेटिभ सर्किट लागेको छ । 

सिभिल लघुवित्तको सेयरमूल्यमा प्रतिकत्ति झन्डै १० प्रतिशतले गिरावट आएपछि नेगेटिभ सर्किट लागेको हो । कम्पनीको सेयरमूल्य प्रतिकित्ता बुधबार रु. ५५ ले घटेर रु. ५०० मा झरेको छ । दोस्रो बजारमा मंगलबार कम्पनीको सेयरमूल्य रु ५५५ थियो । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको सेयर खरिदतर्फ १४६० कित्ता पोस्ट भएको छ भने बिक्रीतर्फ २६० कित्ता सेयर पोस्ट भएको छ । यसले कम्पनीको सेयर बेच्नेभन्दा किन्नेको चाप बढी देखाउँछ ।