काठमाण्डौ । नबील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले संचालन गरेको दुुई म्युुचुुअल फण्डको नेट एसेट भ्यालूू(एनएभी) अर्थात खूद सम्पत्ति मूल्य बढेको छ । 

नबील ब्यालेन्स फण्ड–१ र नबील इक्वीटी फण्डको एनएभी माघ मसान्तको तुलनामा फागुन मसान्तमा वृद्धि भएको हो ।

पाँच वर्षे बन्दमुखी स्किम नबील ब्यालेन्स फण्ड–१ ले शुक्रबार प्रकाशित गरेको मासिक बित्तीय विवरण अनुसार माघ मसान्तसम्ममा एनएभी २० रुपैयाँ ५३ पैसा रहेकोमा फागुन मसान्तसम्म वृद्धि भई २१ रुपैयाँ ३३ पैसा कायम भएको हो । 

७५ करोडबाट सुरु भएको यो स्किमले फागुन मसान्तसम्ममा ६८ सूचिकृत कम्पनीको सेयरमा ६४ करोड २ लाख, ११ करोड ४४ लाख विभिन्न ऋणपत्र तथा १२ करोड ६१ लाख विभिन्न सूचिकृत नभएका कम्पनीको सेयरमा लगानी गरेको छ । 

खूद सम्पत्ति मूल्यमा सामान्य वृद्धि भए पनि फागुन मसान्तसम्म यो स्किम ३४ करोड ३७ लाख खूद घाटामा छ । माघ मसान्तसम्मको ४० करोड ४० लाख घाटालाई फागुनमा केही घटाएको देखिएको छ । 

यो स्किमले लगानी गरेको सूचिकृत कम्पनीको कुल सेयरमध्ये सबैभन्दा बढी ६५ हजार ६० कित्ता जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेडको खरीद गरेको छ । तर रकमको हिसाबले सबैभन्दा बढी लगानी चाहि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा ५ करोड १५ लाख रुपैयाँ रहेको छ 

यसैगरी, सात वर्षे बन्दमुुखी म्युुचुुअल फण्ड नवील इक्वीटी फण्डको खूद सम्पत्ति मूल्यमा समेत सामान्य वृद्धि भएको छ । यो फण्डले शुक्रबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार माघ मसान्तसम्म ९ रुपैयाँ ६३ पैसा रहेकोमा खूद सम्पत्ति मूूल्य फागुन मसान्तसम्ममा सामान्य वृद्धि भई ९ रुपैयाँ ७४ पैसा कायम भएको छ । तर यसको एनएभी प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम नै छ । यसको अर्थ, यो स्किमको अवस्था खराब रहेको देखाउँछ । 

१ अर्ब २५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले हालसम्म सूचिकृत कम्पनीको सेयरमा १३ करोड ७० लाख लगानी गरेको छ । यस्तै १२ करोड ५० लाख रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ भने २ करोड ९२ लाख रुपैया सूचिकृत नभएका कम्पनीको सेयरमा लगानी गरेको छ । 

यो फण्डको फागुन मसान्तसम्म खूद घाटा ३ करोड २५ लाख रुपैयाँ रहेको छ । सूचिकृत कम्पनीमा यो स्किमले गरेको कुल लगानीमध्ये नेपाल दूरसंचार कम्पनी लिमीटेडको सबैभन्दा धेरै १९ हजार ९ सय ३० कित्ता खरीद गरेको छ । रकमको हिसाबले ठूलो लगानी चाहि एभरेष्ट बैंकको सेयरमा १ करोड ३८ लाख रहेको छ ।