काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । 

उनले सो क्रममा पूँजीबजारका केही बुँदा समेत समेट्न भ्याए । तर, ती बुँदाले पूँजीबजारलाई वास्तविक सम्बोधन गर्न नसकेको गुनासो आएको छ । 

पूँजीबजारलाई सबैभन्दा नजिकबाट चिनेका र दैनिकी नै यहीसँग सम्बन्धित ब्रोकरहरुलाई चाहि बजेट कस्तो लाग्यो होला त ? पूँजीबजारका लागि बजेटले गरेको व्यवस्था चित्तबुझ्दो छ कि छैन ? यिनै विषयमा हामीले केही ब्रोकरलाई सोधेका छौं । हेरौं उनीहरुको बजेटमा पूँजीबजारलाई गरिएको सम्बोधनप्रतिको धारणा:

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल
पूूँजीबजारमा नौलो केही आएन । बजेटमा समावेश नै नभई नियमित सधैं भइरहेको कामकै बारेमा मात्र चर्चा भयो। नियामक सेबोन र नेप्सेको पुुर्नसंरचनले बजारलाई खासै असर पर्दैन । बजारकै लागि भनेर चाहिँ आउने कुुराहरु आएनन् ।

प्रियराज रेग्मी (पूूर्वअध्यक्ष) स्टक ब्रोकर्स एसोसिएसन
बजेटमा उल्लेख भएका विषय राम्रा छन् । कार्यान्वयन गर्न सम्बन्धित निकायले अविलम्ब काम थालनी गर्नुुपर्छ ।

गुुणनीधि भुुसाल, ब्रोकर नम्बर ५७, आर्यतारा सेक्युुरिटीज एण्ड इन्भेष्टमेन्ट प्रालि
बजारकै लागि भनेर केही आएन । संस्थागत पुुर्नसंरचना मात्र नयाँ छ । मेरो विचारमा बजेट नराम्रो पनि छैन । बजारलाई भने खासै छोएन ।

परमेश्वरभक्त मल्ल, ब्रोकर नम्बर ११, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी
मलाई हेडलाइन राम्रै लाग्यो । ऋणपत्रको कारोबार पुुरानै कुुरा हो, तर पोहोरदेखि आउन सकेन । पूूँजीगत लाभकर अनुुसूचिमा छ कि यसलाई अन्तिम कर भनेर घोषणा भयो कि भएन, पछि हेरौं । अनि पुुर्नसंरचनाका बारेमा भने अलिक स्पष्ट हुन सकिएन ।

राजकुुमार तिमिल्सिना, ब्रोकर नम्बर ३४, भिजन सेक्युुरिटीज प्रालि
स्टक डिलरको व्यवस्था, पूूर्ण विद्युुतीय कारोबार दोस्रो बजारका लागि स्वागतयोग्य छ । डिलरको अवधारणा छिटो कार्यान्वयन गरिनुुपर्यो । त्यसका लागि ब्रोकरलाई डिलरसीपको काम गर्न छिटो निर्देशन दिई कार्याविधि बनाइदिएमा कार्यान्वयनमा आउने थियो । अनि ऋणपत्रको कारोबारसँगै अन्य कारोबार औजार पनि प्रयोग गरिनुुपर्नेमा म जोड दिन्छु।

मधुु जोशी, ब्रोकर नम्बर ४४- डाइनामिक मनी मेनेजर्स
खोजेको कुरा केही पनि आउन सकेन । पूूँजीगत लाभकरका बारेमा निकै प्रतीक्षा थियो ।