काठमाण्डौ । आगामी वर्ष बिमा क्षेत्रका लागि स्वर्ण वर्ष हुने देखिएको छ । 

सरकारले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि यस्तो अवस्था आउने देखिएको हो । 

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको पनि बिमा हुने थप व्यवस्था गर्ने प्रष्ट्याए । एकलाख रुपैयाँसम्मको यस्तो सामूहिक बिमामा सरकारले ५० हजार रुपैयाँसम्मको अनुदान दिने उनले घोषणा गरे । 

यस्तै, आगामी तीन वर्षभित्र ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याइने अर्थमन्त्रीले घोषणा गरेका छन् । 

आधारभूत बाहेकका स्वास्थ्य सेवालाई समेत बिमामा समेट्ने उल्लेख गर्दै त्यसका लागि आगामी वर्ष रु. ७ अर्ब ५० करोड बजेट विनियोजन भएको छ ।